~शाल्तमणि शर्मा~
अहिंसा र शान्तिको तिम्रो आवाज
मेरो भूगोलिभित्र गुञ्जिए पनि
रक्तपात रोकिएन महामानव
चोरी नगर्ने तिम्रो बचन
माने र गुम्बामा घोकिए पनि
व्यवहारमा आएन महामानव
सत्य बोल्ने तिम्रो मार्गदर्शन
झुटको महासागरमा घोलियो महामानव
बन्द नेत्र खोलेर हेर एकपटक
इराक अफगानिस्तान बलेको छ
हैटी सुडान जलेको छ ।
तिम्रो पस्तर ढालेर बानियानमा
तालेबानहरु अट्टाहास गरिरहेछन्
किन टाढा जानू
आफ्नै जल्मभूमिमा हेर
चौध हजार आत्माहरुको आकासमा
अझै त्रासदीको बादल ढाकिएको छ
उन्मुक्तिको नारा लगाएर
जाति र धर्मकाे हतियार बोकिएको छ
बुद्ध हेर त बाजहरुको बिगबिगी
परेबाहरु रगताम्य छन्आफ्नै गूँडभित्र
बुद्ध आँखा खोलेर हेर त
केही त बोल