~राम चाम्लिङ्~
चारै तिर सन्नटा छाइरहेछ
भित्र-भित्रै तातिरहेछ एउटा महोल
नजिकिदैछ रोज डे हरु
निम्तो गरेर भ्यलेन्टाइन !
बसन्त नै किन आउनु र ?
फुल्नलाई बैसहरु
उत्तेजित हुँदै कामुक जोडी
बोलाई रहेछ भ्यालेन्टाइन !
निर्दोस छ गाउले जिबन
थाहा नपाई बिताउछ
आधा-उधी जिन्दगी
सोध्दै
यो के हो भ्यालेन-टाइन ?
एउटा मौन तर ब्यस्त शहर
घुइचो लाग्नेछ पल्पसा क्याफेहरु
ओइलिएका एक मुठा फुल लिएर
भन्दै –
विल यू बि माइ भ्यालेनटाइन ??
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )