~बलदेव भट्ट “बिहानी”~
यौबनको खेति हत्केला को साहारा
युगावतार को प्रारम्भ गर्छ
चमार को दैलो बाट हराएको संस्कार
राजिखुशी समय को फरिया उचाल्दै हिडे पछी
हातका औलांहरु बीच तिम्रो बर्चस्वो
छिन्नभिन्न अतिशयोक्ति लिएर आउछ||
रोगाक्रांत मनस्थिति हरु का खम्बा
स्वेत-मार्ग को बाटो तहशिलको बिजारोपण गर्छन
तिम्रो समिप मा लर्खरिने साँझ
औंशीको सत्कार गर्न लालायित हुँदै गएपछि
सारीको आँचल बीच तिम्रो बर्चस्वो
लापरवाह हुँकारको अतिसयोक्ति लिएर आउँछ||
अधुरो यात्रा को बाटो हिड्ने पैताला
लोलुपता को नयन बोकी हजार बर्ष सम्म
यार्लिंग अबलोकन मै ब्यस्त रहन्छन
प्राचिन प्रेम को हैजा बोकी सप्त-गण्डकी बाट जीवन लुटिए पछी
मौलिक बेदना बीच तिम्रो बर्चस्वो
भिषण हाहाकार को अतिसयोक्ति लिएर आउँछ||
मन कल्पित संसार सँगै यात्रा यात्रा बीच
मनोबेग को माधुर्यता जीवन्त राख्दै
हत्केला मै बिहानीको रुप देख्ने आँखाहरु संग
स्वेत मनासाय को बिजारोपण गर्दै हिड्दा
बद्ख्वाईं का पर्खाल हरु बीच तिम्रो बर्चस्वो
गम्भीर पिडा को अतिसयोक्ति लिएर आउँछ ||
बलदेव भट्ट “बिहानी”
सिंगापुर
September 6, 2009
(स्रोत : Mysansar.com)