कविता : टुँडालमा लागेका धमिराहरू

~वैरागी जेठा~

मेरो मुटुकाट्ने आँसीहरु
झुमिमरहेछन्
भुजेलका आँगनमा
माखाहरुझैँ
मशालकाआँखाहरु
थलाजुङ,हर्मे हेरिरहेछन्
मसँगै
भुजेलका टुँडालमा
चमेराझैँ झुण्डीएका धमिराहरु
मेरा छातीमा बुटबजारिरहेछन्
मेरो यात्रा रोक्न
कुँइत्रो लागेका कपडाझैँ
धमिराहरले चुसेरखोक्रो बनाइएको म
बूढी गण्डकीमा फालहाल्दै छु
कालीप्रसादले झैँ
भुजेललाई थाहैछैन
उनैले डो¥याएर
उनको ,बलेसीमाउभिरहेथेँ
दैलो उधिनेर
चेपेमाफाल्नखोज्दैछन्
धमिराहरु
भुजेललाई पत्तैछैन
ध्मिराहरुका भिडभाडहरु
थलाजुङ,हर्मे
मनकामना र घ्यालचोकहरुबाट
दगुरिरहेछन्
चल्र्याम्चुर्लुम् गर्दै
मस्याङ्गदीमा फालहाल्दैछु
कालीप्रसादले तमोरमा फालहालेझैँ
विश्वास गर भुजेल
तिम्रो घरका टुँडालहरुमा
झुण्डेका धमिराहरु
निकै विषालु छन्
गर्वका साथ भनिरहेछु
लाल योद्धाका भाग्य र
भुजेलका कथाहरु
आँखाको कोशबाट झरेका
हिमनदीले लेख्दै
आफ्नो स्मृतिपटका झ्यालहरुबाट नियालीरहेछु
भुजेलहरुका बाग
ध्मिराहरुका बर्दीहरु
मलाई एकनास चिथरिरहेछन्
आँपपिपल,ढकाल, देवकोटा, न्यौपानेका घरहरुमा
विचार कुत्रुक्क परेको छ
टुँडालमा उन्मातभएर मात्तिएका
सकुनि धमिराहरु
मेरो रगतको भोग पर्खिरहेका छन्
सुस्त सुस्त
म चलमलाएर उठ्न खोज्छु
धमिराका बुटहरु बज्रिरहेछन्
मेरो छातीमा
अब, पर्खिने छैन
मलाई चुसेकानिला डामहरु
तातो पानीझैँ उम्लिरहेछन्
चेपेमा फ्याँकिने मेरा हड्डीहरु
मछाहरुले खानेछन्
भुजेलका टुँडालले च्यापीरहेछ
अँठ्ठयाइरहेछ
उनीहरुले दिएको भुइँखोस्न
धमिराहरु घर घेरिरहेछन्
चारै किल्ला
मेरो मुखबाट रिसको
खार निस्किरहेछ
शिव र बासुका सपनाहरु
आँगनमाकाँपिरहेकाछन्
धमिराहरुकाथुतुनाहरुले
खोपिरहेछन्
लामिछानेहरुकाभित्ताहरु
राता देखिन्छन्
बरामहरु खोक्दा खोक्दै
शितझै तपतपझरिरहेछन्
गोल्फु भित्रछिरेर
हमलागरिरहेछन्
भुजेलका घर
जुल्फी पक्डेर
धुलोझैँ झार्न खोजिरहेछन्
धमिराहरुले
आँपपिपलबन्दीबनेको छ
पानीको साटो रगतबगिरहेछ
यस समय
अबलाबालाहरुसँगै
उहीभूमिगत घरबाट
तुन्द्रुक्क झुण्डयाएर
चेपेमाफाल्नखोज्दैछन्
विशाक्तधमिराहरु
गन्धमाधनलाई छलेर
खुल्लापत्र लेखिरहेछु
असुर सुँगुरका रुपहरु
आस्थाकाकोपिलाहरु निमोठीरहेछन्
निर्जन वनमा घुम्न डरलाग्दैन
धमिराहरुसँग लड्न
हो भुजेल
क्रोध र हर्षलाई जित्न
पत्र लेखिरहेछु
टोकमूर्ख अझहान्
बुढीगंगाको मस्तिष्कमा
बुढीगंगाकीथोपाहरु
च्ुच्चाले घोचिरहेझैँ
निरन्तर घोचिरहेछन्
मकैसिङमाचलेकाहावाहरुले
हल्लाउनै नसक्ने गरी
अठ्ठयाइरहेछन् धमिराहरुले
सुकेकाचिलाउनेका रुखका हाँगाबाट
बलेसीमाअलिअलिखसालिरहेछन्
कुमालकोटीले खसाले जस्तै
धुलो खसालीरहेछन्
विशाक्तधमिराहरु
मलाई खाल्टाखुल्टी बनाइरहेछन्
तमाशा देखाएर
जात्रागरिरहेछन्
न्वारान देखिको बल झिकेर
क्ड्केर लेखिरहेछु
भुजेललाई खुल्लापत्र ।

(स्रोत : फेसबुकको ‘कविता यात्रा’ समूहबाट )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.