~विन्दु प्यकुरेल ‘लुना’~
आज बैशाख पुर्णिमाको दिन
अहिसा का अनुयायी शान्तिका दूत
सिदार्थ गौतम बुद्दको जन्म दिन
कसरी प्रस्फुटन गरु शब्दहरु ! —
आँफैलाई ढाटेर
या
आँफैलाई शान्ताबना दिएर —
ढाटेर कालो रङ्ग सेतो देखिने भए देखी —
अशान्ती शान्तिमा परिवर्तन हुने भए देखी —
ब्यर्थ झुठो के लेखु !
एउटा नेपालीले अर्को नेपालीलाई
मंगल् ग्रह को प्राणी जस्तो भिन्न देखिरहेको बेला –
मनहरु का बिचमा
घमाशन युद्द भ ईरहेको बेला —
खोसिएर हिर्दयको शान्ती
लुचाचुडिमा
घाइते भ ईरहेको बेला
त्रासदिको तुबालोले
आकाश ढाकेको बेला —
शन्काको भूइचालोले
आस्था ढलेको बेला
शान्ती चाहने हरुको हिर्दयमा
गौतम बुद्द रोएका छन —
म ब बुरी के लेखु शान्तिका शब्द हरु ! —
“बुद्धम् शणम गच्छामी”
अब
नेता शरणअं गच्छामी भएको छ
“ध म् म म् शरणअं गच्छामी”
अब
पैसा शरणअं गच्छामी भएको छ
“संघ म् शरणअं गच्छामी”
अब
भार्तु संगठन शरणम गच्छामी भएको छ
म ब बुरी के लेखु शान्तिका शब्दहरु ! —
त्रासदिको तुबालोले
आकाश ढाकेको बेला
शन्काको भूचालोले
आस्था ढलेको बेला
शान्ती चाहने हरुको हिर्दयमा
गौतम बुद्द रोएका छन — ।
(स्रोत : Mysansar.com)