~हस्त गौतम मृदुल~
सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु।
निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु।
खै कहाँ छन मैले उठाएका ति मान्छेहरु
खै कता थन्किएका छन मेरा ति सृजनाहरु
खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा
बाध्यताले सुत्नु परेको छ मृत्य कुरी दैलोमा
खै कता हराए चासो देखाउने ति मान्छेहरु
खै कहाँ बाटो बिराए सदासयता देखाउनेहरु
मैले जे सकेको थिएँ त्यही दिएर थन्केको छु
पीडाको संगितमा दुखको गीत भै घन्केको छु।
खै के त्याग गरे त संसार बदल्छु भन्नेहरुले
खै के योगदान दिए आफनै पोल्टो भर्नेहरुले
भो बिर्सी देउ क्षेणिक आनन्दमै रमाउनेहरुले
मेरो सृजना त्याग र बलिदानलाइ भुल्नेहरुले
के देलान आहातको बेला राहात निको हुन
गिद्ध मुखै पर्खेका छन मृत्युको समाचार बटुल्न
(स्रोत : कविता कुसुम)
फ्नो पिडा थातिराखी मुस्कुराई रहन्छिन
सन्ततिको खातिर सधै जुर्मुराइ रहन्छिन
धर्ति जस्तै अडिक अनि प्राकृतिक झैँ सुन्दर
ममताकी खानि उनि झरझराई रहन्छिन…
Nana Rodung / कल्पना राई