~“जीवन्त ” रुकु~
रातै रङमा रगिएर म लालिगुरास झै फुलु कि?
सेतै रङमा लतपत बनी म पारीजात झै झुलु कि ?
पहेलै रङमा बनी गोदावरी घर आगनिमा फुलु कि ?
हरियो रङमा मग मग तुलसी बनेर पो भुलु कि ?
निलो रङमा रङिदै फागु तिमी सग खेलु कि ?
कालो रङमा बनी गाजल ति नयन भरी डुलु कि ?
गुलाफी रङमा बनी गुलाफ मुटु माजै पो बसु कि ?
बैजनी रङमा अनेक रङथपी डाफे बनी पो
नाचु कि ?
२०१६-३-२१
“जीवन्त ” रुकु
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )