~प्रेम ओली~
औठ्याँ बौठ्याँ कुरा
खोजी खोजी झिरिप्प खायो
रोजी रोजी त्यस्तै शब्द
रौसी जस्तै चिरिप्प लायो
हल्लिँदै पल्लिँदै सडकमा आयो
छोरादेखि बाउसम्म
छोरीदेखि माउसम्म
शिरदेखि पाउसम्म सरक्क हेฅयो
तितो, कोक्याउने, टर्रो
पिरो, चिलाउने, झर्रो
तिखो, खारिएको खर्र्रो
रमरम पार्ने पर्रो
शब्दहฟ सडकमा
बाหो कलमले तरक्क छेฅयो
उताबाट हूल आयो
यताबाट पूmल आयो
के भएछ भन्दै फनक्क घेฅयो
कोही खितखित खित्किए
कोही फतफत फत्किए
कोही पेट थिचिथिचि हाँस्न थाले
कोही आँखा मिचिमिचि कास्न थाले
मन्त्रीदेखि कर्मचारी
सन्त्रीदेखि ब्रह्मचारी थुरुक्क भए
दर्शक दीर्घा जुरुक्क भए
बाหा कलमहฟ पनि फुरुक्क भए
कुरीतिलाई
भानुले पनि कोर्रा हाने
विकृतिलाई
भैरवले झन् छर्रैछर्रा हाने
पिँडालीले पर्रा हाने,
भूतका भिनाजुले झर्रा हाने
राणा ढले
राँणिया ढलेन
सामन्त गले
सामन्तिया गलेन
बिकृति फले
सुसंस्कृति फलेन
सुसंस्कार जले
कुरीति जलेन
आडम्बर त झन् एक डेक चलेन ।
कयौ कलमले
राइफलको गोलका ढर्रा हाने
वाक्क दिक्क भएर
कति कलमले ठर्रा ताने
तर पनि बाหा कलमले
अत्याचार, भ्रस्टाचार विरुद्ध
ठोक्नु ठोके
तितो पोख्नु पोखे
ठोक्न नसक्ने, टोक्नु टोके
तर जस्ले प्रहार खाए
उनैले चड्ने कार पाए
उनैका सधैँ बहार आए
मासु भात कसार खाए
बिचरा बाหा कलमले
हदै भए
वाहवाहीको फूलको हार लाए ।
एक दिन मैले
मेरो कलमको ढुช्ग्रोमा
भएको मसी फालँे
त्यसमा कुकुरको पुच्छर हालेँ
बाह्र वर्षपछि
पुच्छर सोझिएला भनेको त
जस्तो थियो त्यस्तै भयो
बिचरा मेरो कलम पो
कुकुरको पुच्छर जस्तै भयो
त्यसैले अचेल
मेरो कलम पनि
बाหै कुरा मात्र लेख्दछ
सिधा कुरा देखूँ भन्दा पनि
टेढै मात्र देख्दछ
टेढै मात्र लेख्दछ ।।
(स्रोत : श्री रुपरेखा)