~सन्दीप खत्री~
७ सात वर्षको दिपु साथीहरुसँग घर अगाडि आगनमा थियो । शनिबार आएपछि उसलाई ठूलै चाड पर्व आए जस्तो हुन्छ । त्यसैले शनिवार भएकाले आफ्ना सहपाठीसँग रमाईलो गर्दै खेल्दै थियो । यत्तिकैमा उसको बुबा श्यामप्रसाद भित्रबाट हक्कानिदै बाहिर आएर दिपु भूकम्प आयो भाग भन्दै दौडियो । विचरा त्यो सात वर्षको नावालक दीपुलाई के थाहा भूकम्प भनेको । उ ट्वाल्ल प¥यो एक छिन त । पछि सबै भागेपछि उ पनि दगु¥यो । उसलाई निकै रमाईलो लाग्यो । सबै भागाभाग । जमिन हल्लीयो, सबै कराउन थाले उसले रमाईलो मानीरह्यो । कसैका घर लडे, कसैको मन जल्यो त कसैको घरमा सामान्य क्षति ।
अवस्था केही सामान्य भएपछि श्यामप्रसादसँग दीपुले प्रश्न ग¥यो –“ बा मान्छेहरु किन यसरी दगुरेका ?”
श्यामप्रसादले जफाव दियो –“भूकम्प आएर”
दीपुले फेरी सोध्यो–“यो भूकम्प भनेको के हो ?”
श्यामप्रसादले जफाव दियो–“अघि थाहा पाईनस् सबै हल्लीएको । ”विचरा त्यो बाल मष्तिकमा छाप प¥यो कुनै पनि चीज हल्लीयो भने त्यो भूकम्प हो भनेर । दीपुले फेरी सोध्यो बा यो कति बेला कसरी आउँछ । भूकम्पले चोट दिएको बेला, मन जलेको बेलामा छोराको बारम्बार प्रश्न सुनेपछि श्यामप्रसादलाई रिस उठ्यो र जफाव दियो –“राति तेरो बाउ सुतेको बेलामा कराउँदै आउँछ ।”
त्यसपछि दीपु नसोध्नु त जिज्ञासा मेटिएको छैन । सोधौ भने बाउको रिस देखेर डर लागेको छ त्यहि पनि निन्यारो स्वरमा उसले फेरी सोध्यो आज किन दिउसो आएको त ?
छोराको यो प्रश्न सुनेपछि भने श्यामप्रसाद एकछिन गम्भिर भयो र भन्यो सिधा जफाव दियो–“बाबु यो जतिबेला पनि आउँन सक्छ डराउनु हुँदैन । हल्लीयो भने खुल्ला र सुरक्षित स्थानमा भाग्नु पर्छ है ।” बाउको यति जफाव सुनेपछि भने दीपुले आफ्नो जिज्ञासा मेटिएको महसुस गर्दै फेरी साथीहरुसँग खेल्न गयो । साथीहरुलाई सुझायो साथी हो–“कुनै बस्तु हल्लियो भने भूकम्प आयो भनेर थाहा पाउनु पर्छ । बा ले भनेको विशेष गरी राति बा सुतेको बेलामा कराउँदै आउँछ रे ।” उसका सबै साथीहरुले पहिले मानिस दौडिएको, जमिन हल्लीएको सुनेका थिए त्यसैले उनीहरुलाई पनि त्यस्तै लाग्यो ।
यता श्यामप्रसादलाई भने छोराको कुराले धेरै गम्भिर बनायो । आफ्नो जफावले छोराको मस्तिष्कमा कस्तो असर गर्ला भनेर चिन्तित् बनायो । बेलुका भयो बाहिर काममा गएकी दिपुकी आमा पनि आई । दिपुले आमासँग पनि भूकम्पका बारेमा धेरै कुरा सोध्यो र अन्ततः उसले निष्कर्ष निकाल्यो । कुनै पनि चिज हल्लीयो भने त्यो भूकम्प हो । उसको दिमागका यो कुराले डेरा नै जमायो । बेलुका सुत्ने बेलामा मुसाले केही खुत्रुक्क ग¥यो भने पनि बा भूकम्प आयो भन्थ्यो दीपुले । टेलीभीजनमा भूकम्प आउँदा हल्लीएका दृश्यहरु, घरहरु भत्किएका दृष्यहरु, समाचारहरु पनि त्यस्तै देखेको र सुनेको थियो । हुन पनि पटक पटक आएको भूकम्पको विभिन्न पराकम्पनले उसलाई यति त्रसित बनायो कि उ बसेको कुर्सी हल्लीयो भने पनि उठेर दगुथ्र्याे । उ र उसका गाउँका मानिसहरु, उसका साथीहरु धेरै पटक भूकम्प आयो भनेर भागेका थिए । भूकम्पका कारण विद्यालय पनि विदा भयो उसलाई झन रमाईलो भयो । “अब त आफ्ना साथीहरुसँग खेल्न पाईने भो”। भूकम्प आयो भने दौडिन पाईन्छ । गाउँमा कोलाहल मच्चिदा उ झन रमाईलो मानेर चर्को स्वरमा भूकम्प आयो भन्दै दर्गुन थाल्यो । एक दिन त गाउँका सबै मानिसहरुलाई भूकम्प आयो भनेर दौडिन लगायो पनि । गाउँको चौतारिमा गाउँका बुढा पाकाहरु कुराकानी गरेर बसेका थिए । दीपु पनि बाउसँगै त्यहाँ गएको थियो । उ एउटा सानो ढुंगा माथि बसेको रहेछ । दीपु बसेको ढुंगा हल्लीयो “बा भूकम्प आयो” भनेर जूरुक्क उठ्यो र दगु¥यो। बुढा पाकाले पनि केटाकेटीले थाहा पाउछन भनेर सबै दौडिए तर भूकम्प नआएर दीपु बसेको ढुंगा मात्र हल्लीएको रहेछ पछि बल्ल थाहा पाए । सबैमा यस्तो बानि परेको थियो कि भूकम्प भनेपछि भागिहाल्नु पर्ने । श्यामप्रसादले आफ्नो छोरालाई अधिकाँस समय आफ्नै साथमा राख्थ्यो । सुत्ने बेलामा पनि आफैसँग सुताउने गथ्र्यो । यसैगरी गरी झन्डै महिना दिन वित्यो ।
विस्तारै भूकम्पका पराकम्पन हराउन थाले । भूकम्पका क्षतिका खबर कम आउन थाले तर दीपुको बाल मस्तिष्कले भने कुनै बस्तु हल्लीयो भने भूकम्प आयो भनेर दौडाउन छाडेन । विद्यालय पनि खुल्यो । सबै विद्यालय जान थाले । उ पनि विद्यालय जान थाल्यो । विस्तारै सबै कुरा सामान्य बन्न थाल्यो । उसले पनि साथीहरुसँग खेल्दै जाँदा सबै कुरा भूल्न थाल्यो । एक दिनको कुरा हो, दीपु विद्यालयबाट आएपछि खाजा खायो । आफ्नो गृह कार्य गरेर साथीहरुसँग खेल्न गयो । उसका धेरै साथीहरु थिए । खेल्दै जाने क्रममा एउटाले भन्यो हिजो राति पनि भूकम्प आयो नि तैले थाहा पाईस् ?
दिपुले जफाव दियो नाई ।
दीपुको जस्तैगरी उसका सबै साथीहरुको दिमागमा पनि त्यस्तै छाप परेको रहेछ । उसका अरु सबैले भन्न थाले “अँ ! मैले पनि अस्ति राति भूकम्प गएको थाहा पाएको थिएँ” दराजको भाडाँ हल्लीएको थियो”। अर्कोले भन्यो “मैले पनि हिजो रातिको गएको थाहा पाएको थिए म सुतेको ठाउँ हल्लीएको थियो । उनीहरुलाई जे हल्लीएपनि भूकम्प आएको हो भन्ने परेको रहेछ । त्यसपछि दीपुलाई लाग्यो मेरो घरमा त गएको रहेनछ क्यारे । मैले कस्तो थाहाँ नपाएको ।
साथीहरुसँग छुटिएर घरमा गयो खाना खायो । अनि बाउसित सुत्न गयो । मध्य रात भएको थियो । दीपु एक्कासी निन्द्राबाट व्युझियो । उ व्युझिँदा खाँट विस्तारै हल्लिएको थियो । खै कुन्नी के को हो आवाज आएको थियो । अनि उसले आफ्नो बाउले पहिले भनेको कुरा सम्झीयो “भूकम्प राति म सुतेको बेला आउँछ, कराउँछ हल्लीन्छ भनेको ।” भएको थियो पनि त्यस्तै ।
उ जूरुक्क उठ्यो र भन्यो –“बा ! खाँट हल्लीयो भूकम्प आयो दगुर । विचरालाई के थाहा भूकम्प कहाँबाट किन आएको थियो भनेर । त्यसपछि श्यामप्रसादले भूकम्प आएर गैसक्यो भनेर छोरालाई सम्झाएर सुतायो । श्यामप्रसादलाई पछुतो भयो पहिले आफूले दिएको जफाव सम्झेर । भोलीपल्ट पुन बेलुका साथीहरुसँग खेल्न गयो दीपु र उसले पनि भन्न थाल्यो हिजो राति मेरो घरमा पनि भूकम्प गयो नी मैले पनि थाहाँ पाएँ साथीहरुले सोधे के हल्लीएको थियो नि । उसको जफाव सरल थियो उसको परिवार सुेतेको खाँट…………..
(स्रोत : Myagdionline)