कविता : काटमार र डलर

~गोविन्दप्रसाद आचार्य~

हाम्रो दरो विचार सँग, डलर अतालियो
डलरले हार खायो हिंसा बाटो लियो
डलरसँग डराउँदैनौं वर्ग युद्ध लड्छौं
डलरका भुसे विचारसँग डराउँदैनौं

विदेशीले कान फुकेका कन्सुत्ला कराउने
कन्सुत्लालाई देखेर किन डराउने
पूर्वमेची, काली, हिंड्छन् हाम्रो बाटोमा
डलरका दासको आशा हुन्न माटोमा

विदेशीको बुई चडेका सुगा डलर खाएका
विचारसँग हारेपछि हिंसा रोजेका
देखे जति बाटाहरू सबै सही छैनन्
डलरका दलालका आवाज हाम्रा होइन्

विचारसँग नसकेर काटमारको बाटो
डलरका दलालदेखि चिच्याउँदै छ माटो
सानासाना इलाकाका छोटा छुचा राजा
डलरका बुख्याँचाले बन्न खोजे राजा

डलरका ख्याकसँग कोही डराउँदैन
सिर्जनाको बाटो हाम्रो कतै हराउँदैन
शोषितलाई देखाएर जाली डलर खाने
शोषकजाला डलरसँग हामी कहाँ जाने

हाम्रो घर भत्काउने डलरका जाली
यी दुष्टलाई खाँदैन उठ मेची महाकाली
डलरमा विचार बुझ्ने नदि माग हुन्छ
डलरमा न त साँचनो सुन्ने कान हुन्छ

डलर त जंगलमा स्याल बहुलाए फ्याउरो
डलर त विदेशीले चलाएको लौरो
काटमारको विचारमा डलर बाँचेको छ
गुलावको फुल जस्तै विचार हाँसेको छ

डलरमा पानी छैन न विचारको खानी
जसले कालो गाँस दिन्छ उसैसँग जाने
के गरेर के हुने हो केही थाहा छैन
अराएको नमानेमा डलर आउँदैन

बोल्नलाई करै लाग्यो नुन खाएको तिर्न
डलरले खन्चुवाको दिन बृद्धि फिर्न
विचारसँग नसकेर लौरो समाएको
जनताको टाउको गनि डलर कमाएको

डलरले देश खाला जाग मेचीकाली
गाउँ–गाउँबाट खेद्दै डलरको जाली
डलर बग्यो रगतमा काटमारको खेल
राजा बन्ने सपनाले खाला हाम्रो मेल

डलरले डराएर कुट्न आदेश दियो
झन्झन् हाम्रो विचारको धार तेजी भयो
हुतिहारा डलरको आदेशमा चल्छन्
हामीसँग डराएर भाला बन्दुक बोक्छन्।

मिति : २०६७/९/१९ काठमाडौं

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ८ – २०६७ पौष २१ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.