स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट

~टीका भण्डारी~Tika Bhandari

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ

‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन’ (स्वर संगीत रामेश), (मनभित्र के छ ठुली किन बोल्दिनौ (गुलाम अलीको स्वर), आँधी–बताससँग जुधेर, धेरै नि टाढा छ हामी पुग्ने ठाउँ, लगातार हामी हिँड्दै जाऊँ, हिँड मेरा दाइ हो झम्पल बोकेर, हिँड मेरी दिदी हो डोको बोकेर, स्नेहका मुना नारीका मन, अनिकाल लाग्यो भन्छन्, हारेको छैन हिम्मत, साना–सानाShyam Tamot ढुंगा–माटोजस्ता प्रगतिशील गीत लेख्ने गीतकार हुन्, श्याम तमोट । गीत मनोरन्जनको विधा मात्र होइन, यसले व्यक्ति र समाजको रूपान्तरण र परिवर्तनमा भूमिका खेल्नुपर्छ भन्ने मान्यता बोकेका तमोटले बाल्यकालदेखि नै गीत लेख्न थालेका हुन् । उनले लेखेका गीतहरूले प्रजातन्त्र स्थापनार्थ आन्दोलनको ज्वारभाटा सिर्जना गर्न अहं भूमिका खेलेका छन् । श्याम तमोट प्रगतिवादी एवं प्रगतिशील धारका सर्वाधिक लोकप्रिय गीतकार हुन् । उनी नेपालका गाउँ–बस्ती र कुना–कन्दरामा अत्यन्तै भिजेका गीतकार हुन् । ‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट’ प्रगतिशील गीति फाँटका सबैभन्दा अग्ला संगीतकार रामेश र उनको समूहले गाएर हरेक नेपालीको कानमा पुगेको उनको एउटा उदाहरणीय रचना हो । गुलाम अलीले समेत उनको गीति कलम मन पराएर गाएका छन् (मनभित्र के छ ठुली किन बोल्दिनौ) । गुलाम अलीबाट समेत निकै प्रसंशित तमोट नेपाली गायक–गायिकाहरूको समेत रोजाइका गीतकार हुन् ।

 परिवार

गीतकार श्याम तमोटका तिन सन्तान छन् । जेठो छोरा सुजित ३२ वर्षका छन्, माइलो छोरा सुदीप ३० वर्षका छन् भने कान्छो छोरा सुधीर २८ वर्षका । तिनैजना शिक्षित छन् र उनीहरू पिताको असल अभिभावकत्वकै कारण आ–आफ्नो क्षेत्रमा जमिसकेका छन् । अर्धांगिनी गंगा तमोट सफलताकी मूल श्रेय हुन् ।

गीतकार श्याम तमोटको जन्म भोजपुरको सिद्धेश्वर गाविसको दावाँ भन्ने स्थानमा २०१० साल असार १५ गते भएको हो । माता शुभलक्ष्मी तथा पिता विष्णुकुमार तमोटका सुपुत्रका रूपमा उनको जन्म भएको हो । उनी बाल्यकालदेखि नै गीत गाउने, कविता र गीत लेख्ने गर्दथे । जब उनी गाउँको स्कुल सिद्धेश्वर निमाविमा पढ्थे, त्यो बेला शुक्रबार–शुक्रबार स्कुलले आयोजना गर्ने कविता तथा गीति कार्यक्रममा कहिले कविता वाचनमा उत्कृष्टता प्राप्त गर्थे त कहिले गायनमा समेत । त्यस बेलादेखि नै उनीमा चेतनामूलक गीत लेख्ने सोचको विकास भयो । त्यस बेलाको सामाजिक परिपाटीले उनलाई जनवादी देशभक्त तथा प्रगतिशील गीत लेखनतर्फ आकर्षित गर्दै लग्यो । गाउँकै स्कुलबाट उनले १० कक्षासम्मको अध्ययन पूरा गरे । उनी देशका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेर एक सातालाई पुग्ने चामल, सिन्की, गुन्द्रुक झोलामा हालेर धरान हानिएका थिए। घरको आर्थिक अवस्था कमजोर थियो । पैसा खर्च गरेर धरान पढ्ने अवस्था थिएन तर पनि उनले केही दुःख–कष्ट सहेरै भए पनि धरान पढ्ने निधो गरे । २०३० सालमा आईए पढ्न धरान आए । महेन्द्र कलेज धरानमा भर्ना भएर शिक्षा विषय पढ्न थाले । त्यहाँ आफ्नो साहित्यिक तथा सांगीतिक गतिविधिमा पनि उनी अरूलाई उछिन्दै जान थाले । त्यसैताका उनको पहिलो कविता प्रकाशन भयो । त्यसले उनीमा लेख्ने ऊर्जा थपिदियो । त्यसो त उनले भोजपुर गाउँमै छँदा गाउँ–गाउँबाट उठ बोलको प्रगतिशील गीत लेखिसकेका थिए, (चलचित्र बलिदानमा समेत समेटिएको) ।

जीवन संघर्ष

प्रगतिशील गीतकार श्याम तमोट सानैदेखि जुझारु थिए, संघर्षशील थिए । आफूलाई चित्त नबुझेको कुरा भनिहाल्थे । कतिपय अवस्थालाई उनी गीतमा उतार्थे भने कतिपय कविताका माध्यमबाट कवितामा । स्कुलका कार्यक्रममा उनका कविता, गीत सुन्नेहरू तिम्रो मनभित्र यस्तो विचार कसरी आयो भनेर सोध्थे । उनी उत्तर दिन्थे, ‘हलो जोतिरहेको किसानलाई देख्दा मलाई किसानको जीवनबारे गीत लेख्न मन लाग्छ, गिट्टी कुट्दै गरेको मजदुर देख्दा मजदुरको बारेमा कविता लेख्न मन लाग्छ, आफूभन्दा साना बालबालिका देख्दा उनीहरूकै बारे केही लेखौं–लेखौं लाग्छ, गरिबी, दुःख र अभावका जिन्दगी देख्दा त झन् तिनका भोगाइका बारेमा केही लेखिरहन पाए हुन्थ्योजस्तो लाग्छ ।’ उनको जवाफ सुनेर आफूभन्दा ठुला मानिस छक्क पर्थे, यो त कवि, गीतकार नै बन्छ होला भन्ने

गर्थे । हाईस्कुलको विद्यार्थी छँदा नै २०२६ सालमा उनको गाउँ भोजपुर दावाँमा राल्फा आन्दोलनका शीर्ष गायक रामेश र कवि, उद्घोषक मञ्जुललगायतका कलाकारहरूको टोली गीति कार्यक्रम लिएर त्यहाँ पुग्यो । तिनले ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू, बजाउन बाँसुरी कान्छाजस्ता राल्फाली गीतहरू गाए, जुन गीतहरू गाउनुअघिको मञ्जुलको जोसिलो, सहासिलो र अत्यन्त हृदयस्पर्शी उद्घोषण, रामेशको मुटु छुने गायन र त्यसभित्र गुन्जिएका भाव र गितारका तारहरूले उनको मन मुटु एकसाथ हल्लाइदियो । आफ्नो विचारसँग उनीहरूका गीत मिल्न पुगे । त्यही विचारबाट प्रवाहित भएर उनले २०३२ सालमा गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ गीत लेखे जुन गीत भोजपुरमा निकै चल्यो । त्यही बिचमा श्याम तमोटका मिल्ने साथीमध्येका एक समीर नेपालले २०३३ सालमा भोजपुरमा सुनेको सो गीत काठमाडौं आउँदा रामेशलाई सुनाइदिएछन्, रामेशले गीत सुन्नेबित्तिकै निकै मन पराएछन् । आफ्नो गीति कार्यक्रममा गाउन थाले, उनीहरूले । रामेश, मञ्जुल र अन्य त्यस बेलाका प्रगतिशील स्रष्टाहरूका गीतसँगै कतिपय आफ्नै गीतसमेत गाउँदै, संकल्प गीति कार्यक्रम प्रस्तुत गर्दै श्याम तमोट गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्न थाले । उनी निकै आवश्यक पर्दा मात्रै गीत गाउन स्टेजमा ओर्लन्थे, अन्यथा कार्यक्रम संयोजककै भूमिका, व्यवस्थापन र स्टेज तताउने गीत रचनामै ध्यान दिन्थे । उनको साथमा त्यसबेला गायक कुमारध्वज कार्की, चक्र खड्का, गायिका निलिमा राई आदि साथी थिए । ५० रुपैयाँको तमसुक नाटक गीति कार्यक्रमसँगै प्रदर्शन गरिन्थ्यो ।

दोलखा, सिन्धुपाल्चोक, काठमाडौंलगायत पूर्वका कतिपय ठाउँमा गीति कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भए । कतिपय ठाउँमा कार्यक्रम गर्दा गर्दै जनविरोधी तŒवहरूको निसानामा समेत परे, तमोट र उनका साथीहरू। तमोट अन्याय सहँदैन थिए, कसैको शोषण, उत्पीडन, दमन र अत्याचार सहन सक्दैनथे । सामाजिक कुरीति, कुसंस्कार, अन्धविश्वास, रुढीवाद, असमानता र अन्यायी समाजका गलत परम्परा र प्रवृत्तिहरू उनका गीतका मसला बन्थे । आफू र आफूजस्तै न्यायप्रेमी जनसमुदायमाथि भइरहेको दमन र अत्याचारलाई चिर्दै उनले लेखे, ‘न्याय निम्ति जिन्दगी यो लम्किरहन्छ, उज्यालो यो जिन्दगी हो चम्किरहन्छ, चेतनाको प्रवाहलाई रोक्न सकिन्न, जति छोप्न खोजे पनि सत्य छोपिन्न, संघर्ष हो जीवन, जीवन संघर्ष हो ।’ त्यही बेला भूमिगत शैलीमै गाउँ–गाउँमा गीत गाउँदै हजारौं जनतालाई जागृत गराउंदै हिँडे । गीति कार्यक्रम हेर्न, सुन्न हजारौंको सहभागिता हुन थालेपछि उनीहरूविरुद्ध विरोधीहरूले विभिन्न अफवाहसमेत फैलाए । यी गीतांगे दुई समूह छन्, एउटा समूह हजारौंलाई भेला गरेर गीत सुनाएर लठ्याउँछ, अर्को समूह तिनकै घरमा लुट्न जान्छसमेत भने । तर, सत्य घामजत्तिकै छर्लंग थियो, त्यो श्यामहरूको बढ्दो जनप्रियता नै थियो ।

बहुदल र निर्दलबिचको प्रतिस्पर्धामा प्रगतिशील गीत–संगीतको माध्यमबाट बहुदलीय शासन व्यवस्थाको पक्षपोषण गर्दै गाउँ–गाउँमा चेतनाको दियो बाल्ने काममा यिनी सम्बद्ध संकल्प समूहले निकै महŒवपूर्ण योगदान पु¥यायो, त्यसबेला । रामेश, मञ्जुलहरू यो अभियानको मूल अभियन्ताका रूपमा उभिएका थिए । यस समूहलाई दोलखातिर भने अनेरास्ववियुका राष्ट्रिय नेता ठाकुरचन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए । तमोट दुई पटक हिरासतमा समेत परे तर त्यसले उनको आस्थालाई अझ मजबुत बनायो । त्यसबेला उनी नेपाल राष्ट्रिय शिक्षक संगठनमा समेत सक्रिय रूपमा आबद्ध भइसकेका थिए । स्नातक ग™िसकेपछि उनी आफ्नै गाउँ फर्किए, भोजपुर । गाउँमा लेखेका गीतहरू खामबन्दी गरेर संगीतकार रामेशको हातमा पुग्ने गरी पठाइदिन्थे, यता रामेश ती गीतमा संगीत भरेर जीवन्त तुल्याउँथे ।

रामेश–मञ्जुलको सहयात्रा

श्याम तमोटको जीवनलाई गीति फाँटमा उतार्ने अग्रज स्रष्टाको नाम लिनुपर्दा जनताका प्रिय गायक रामेश र कवि, गीतकार मञ्जुलको अग्र स्थानमा आउँछ । २०३४ सालमा रामेशका भाइ स्टिल बाँसुरीवादक अरिमले धरानमा शृंखला नामक म्युजिक स्टुडियो खोलेका थिए । मञ्जुल त्यो बेला धरानमै पढाउँथे । धरानकै चतरा लाइनमा अर्का प्रगतिशील सर्जक बम देवानले प्रगतिशील सामग्रीको प्रकाशनलाई समेत दृष्टिगत गरी सयपत्री प्रेस खोलेका थिए । २०३४ सालमा त्यहीं रामेश र तमोटको भेटघाट भयो । पहिले भोजपुरमा भएको भेटघाट एउटा स्टेज प्रस्तोता र श्रोताका रूपमा थियो भने त्यो श्रष्टा–सर्जक बिचको औपचारिक पहिलो भेटघाट थियो । धरानमै पहिलो पटक मञ्जुलसँग पनि औपचारिक रूपमा भेटघाट भयो । मञ्जुलसँगको भेटले गीति फाँटमा परिस्कृत र परिमार्जित हुने धेरै सुझाव प्राप्त भयो । पछिका दिनमा यहींबाट सम्बन्ध बाक्लियो, उनीहरूको । २०३५÷३६ सालमा काठमाडौं, भक्तपुर, ललितपुर, त्यसका आसपास र प्रवासमा समेत सांगीतिक सहकार्य चल्यो । यस बिचमा राष्ट्रिय जनसांस्कृतिक मञ्चका (हाल प्राज्ञ) माधव प्रधान, उदय श्रेष्ठ, मधु गुरुङलगायतका जनस्तरमा भिजेका कलाकारहरूले श्याम तमोटका गीतहरू सांगीतिक कार्यक्रमको माध्यमबाट गाउँमा पु¥याए । झन्डै एक दर्जन गीत रामेशले मात्र संगीत गरे उनका जो आज पनि उत्तिकै लोकप्रिय छन्, गाउँघरमा । यो समूहले रेडियो नेपालमा गीत रेकर्ड गर्ने कुरालाई कहिल्यै प्राथमिकतामा राखेन । यसको एउटै कारण थियो २४÷२५ सालतिरै रामेशहरूले रेडियो नेपालले आफूहरूलाई शोषण गरेको, जनताका गीतहरूले उपयुक्त स्थान नपाएको भन्दै रेडियो नेपालबाट बिद्रोह गरी गाउँ पसेका थिए । त्यो बेलादेखि २०४६ सालको जनआन्दोलनअघिसम्म उनीहरूले आफ्ना कुनै गीत रेडियो नेपालमा रेकर्ड गरेनन् । जसको प्रभाव श्याम तमोटमा पनि परेको थियो । सोही कारण रेडियो नेपालमा गीत रेकर्ड गराउने सवालमा तमोटले त्यति ध्यान नपु¥याएका हुन् । तर, गाउँघरमा रेडियोबाट प्रसारण हुने धेरै गीतभन्दा उनका गीत लोकप्रिय र सदाबहार मानिन्छन् ।

तमोटले शिक्षक आवाज, भोजपुरको सेरोफेरोलगायतका समाचार पत्रको सम्पादकको रूपमा समेत कार्य गरे । झी नेवा संगीत यात्रामा प्रमोद हमाल कृतिको पनि सम्पादन गरेका हुन् । गाउँ–गाउँबाट उठ गीतसँगै पुस्तकको रूपमा समेत प्रकाशित छ । यो गीत नेपाली, भोजपुरी, तामाङ र नेपाल भाषा चार भाषामा रेकर्ड भएको नेपालको पहिलो स्वदेश गान हो । त्यसो त यो गीत अन्य १६ राष्ट्रिय भाषामा समेत गाइने गरिएको छ । हिन्दी र अंग्रेजी भाषामा अनुवादन भई त्यसको प्रयोगसमेत गरिएको छ । २०३० सालदेखि आजसम्म नै यस गीतले सामाजिक चेतना विस्तारमा महŒवपूर्ण योगदान पु¥याएको छ । नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले समेत यस गीतलाई आफ्नो हरेक गायन कन्सर्टको मूल राष्ट्रिय गीतको रूपमा गाउँदै आएको छ । चलचित्र बलिदानमा जनतामाझ लोकप्रिय संगीतकार रामेशले उनको संगीत रहेको यही गीतलाई चलचित्रको थिम गीत बनाएका छन् ।

गायक–गायिका तथा संगीतकार

प्रगतिशील गीतकार श्याम तमोटले ३ सयभन्दा बढी प्रगतिशील गीत लेखेका छन्, जसमा पाँच दर्जनजति रेडियो नेपाल र बाह्य रेकर्डिङ स्टुडियोहरूमा रेकर्ड गरिएका छन् । उनको रचनामा हिन्दुस्तानी महसुर गजल गायक मोहम्मद रफीले समेत गाएका छन् । यसैगरी, आफैंले पनि आफ्नो रचना गाएका छन् । उनका धेरै रचना रामेश रायनहरूको स्वरमा रेकर्ड भएका छन् । त्यसो त नेपाली संगीत क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल, कुन्ती मोक्तान, लोचन भट्टराई, लासमित राई, ओम श्रेष्ठ, जेबी टुहुरे, बालन्द राई, प्रतिमाराज भण्डारी, अमृत गुरुङ (नेपथ्य), आकाश थापा, मधु गुरुङ, सुमन मुखिया, दिव्या भण्डारी, आभा मुकारुङ, विज्ञान श्रेष्ठलगायतका गायक–गायिकाहरूले समेत उनका सिर्जना रेकर्ड गरेका छन् । यसैगरी, संगीतकार रामेश, राजु तुलाधर, न्ह्यु बज्राचार्य, बुलु मुकारुङ, टीका भण्डारी, अनिल शाही, जेबी टुहुरे, सुरेन्द्र श्रेष्ठ, चेतनारायण राई, अमित प्रधान, साजन राई, अशोक राईले श्याम तमोटका सिर्जनाहरू संगीतबद्ध गरी रेडियो नेपाल तथा अन्य विभिन्न स्टुडियोहरूमा रेकर्ड गरेका छन् ।

प्रकाशित कृति

तमोटका ३ सयभन्दा बढी काव्यिक चेतनाले भरिएका सिर्जना पाठकमाझ छन् । तीमध्ये झन्डै १ सय गीत संगीतबद्ध भएर गाइएका छन् र चार दर्जन गीत रेडियो नेपाल र अन्य निजी स्टुडियोहरूमा रेकर्ड भएर रेडियोबाट प्रसारणसमेत हुँदै आएका छन् । बाँकी गीतहरू प्रकाशित भएर पाठकमाझ पुगेका छन् । उनका एकांकीहरू पनि प्रकाशित छन् । पत्रपत्रिकाहरूमा प्रशस्त गीत, कविताहरू प्रकाशित छन्, उनका ।

सम्मान तथा पुरस्कार

तमोट पुरस्कारका लागि आफूले कहिल्यै गीत नलेखेको बताउँछन् । रेडियो टेलिभिजन या अन्य खुला विद्युतीय सञ्चारमाध्यममा भन्दा जनस्तरमा छुटै ढंगबाट आफ्ना गीत श्रोतामाझ पु¥याउने गीतकार हुन् । उनका गीतहरू व्यावसायिक होइनन् । यसर्थ, उनले सेवामूलक संस्थाहरूबाट धेरैजसो पुरस्कार प्राप्त गरेका छन् । उनले २०५४ सालमा सीआईभीआईसीटीबाट मानव अधिकार सम्मान प्राप्त गरे । सिनेमा प्रालिबाट चलचित्र सम्मान प्राप्त गरे । २०७० सालमा तमोट पछिल्लो समय सम्मानित भएका हुन् ।

गीतकार श्याम तमोट हाल मदन भण्डारी कला साहित्य प्रतिष्ठान, नेपाल वाङ्मय प्रतिष्ठानमा सल्लाहकार छन् । त्यसैगरी, सार्थक जनसंगीत प्रतिष्ठान नेपाल, राजसा महासंघ नेपाल राष्ट्रिय समितिमा सल्लाहकार छन् । जय होस्, श्याम तमोट दाइ तपाईंको अजेय सांगीतिक यात्राको, अनवरत रहोस्, गीतिकलम देश र जनताको ।

प्रकाशित मिति: २०१५-११-२८ ०६:४१

(स्रोत : Rajdhani)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.