कविता : म त त्यहि हुँ फरक तिमीमै छ

~रोशन राउत~

म त त्यहि बिहानि हुँ, फरक तिम्रो उमंगमा छ
म त त्यहि साँझ हुँ, फरक तिम्रो तरंगमा छ ।
म त त्यहि दिन हुँ, फरक तिम्रो स्मिर्तिमा छ
म त त्यहि रात हुँ,फरक तिम्रो सुषुप्तिमा छ ।

म त त्यहि जल हुँ, फरक तिम्रो प्यासमा छ
म त त्यहि प्रेम हुँ, फरक तिम्रो अभाषमा छ ।
म त त्यहि ईश्वर हुँ, फरक तिम्रो भक्तिमा छ
म त त्यहि लक्ष्य हुँ, फरक तिम्रो शक्तिमा छ ।

म त त्यहि बसन्त हुँ, फरक तिम्रो बागमा छ
म त त्यहि साज हुँ, फरक तिम्रो रागमा छ ।
म त त्यहि सागर हुँ, फरक तिम्रो नाउमा छ
म त त्यहि लेप हुँ, फरक तिम्रो घाउमा छ ।

निश्चल मनको पृष्ठभुमिभुमिमा…
आँखा ति चिम्लिएरहेर …
म त त्यहि दृश्य हुँ,फरक तिम्रो दृष्टिमा छ
म त त्यहि संसार हुँ,फरक तिम्रो नयाँ सृष्टिमा छ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.