कविता : शोषणैशोषण

~रस्मी शिवाकोटी~

सर्वत्र व्याप्त भएझैँ लाग्छ
यसबेला शोषणैशोषण
शिक्षामा हे-यो शिक्षामा शोषण
बजारमा गयो बजारमै शोषण
होटल, क्लब अनि क्लिनिकमा पनि
देखिन्छ चलेको शोषणकै रण ।

उद्धार र उपकारको भाव हरायो
सर्वत्र क्षणिक रमझमले खायो
जो पनि असुल्नै चाहने देखिन्छन्
गर्दैनन् कोही कसैको पोषण ।

हेर्दा झिमिल देखिन्छ सबैतिर
मनभित्र अँध्यारो घुसेझैँ लाग्छ तर
डस्न सिवाय रहम देखिन्न कतै
पाइन्न, कसैमा त्याग समर्पण ।

मोटर, मोबाइल, मोटरसाइकल
छ्यासछ्यासती, जताततै देखिन्छ
टिभी, कम्प्युटर आदि अनेकमा
मान्छेको व्यस्तता गोचर हुन्छ

यान्त्रिकताले सहृदयताकन
छोपेझैँ लाग्छ हरदिन, हरक्षण
शोषणैशोषण ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.