~यज्ञराज कार्की~
हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको मैलो चोलो, एकसरो बेरिएको मैलो निलो फरिया अनी हड्डी कड्डीमात्र देखिने दुब्लो पातलो शरीर । त्यो आईमाईको उमेर कती होला ? म अन्दाज लगाउने कोशीस गर्छु, ४५ या ५० ।
================
म अस्ट्रेलियाबाट नेपाल फर्किएको आज ५ दिन भयो । ३ बर्षको बसाईँपस्चात् कलेज बिदा मनाउन नेपाल फर्किएकी छु म । एयरपोर्टमा मम्मी लिन पुग्नु भएको थियो- स्कुटर लिएर । घरको गेटमा आइपुग्दा त्यो पागल आईमाईलाई पहिलो पटक देखेकी थिएँ । घरनेरै रहेको किराना पसल अगाडि ठुलो ठुलो स्वरमा कराउँदै, पाउरोटी चपाउदै गरेकी थीई । मम्मी र मलाई देख्नासाथ धारे हात लगाउदै ‘मरी जा’ भन्ने शब्द ओकलेकी थीई । ‘त्यो को आईमाई हो मम्मी ? ‘ मैले सोधेकी थिएँ । त्यो बौला आईमाई हो,बाटोमा हिंड्ने सबैलाई सराप्छे । ‘ मम्मी भन्नु भएको थियो ।
त्यो पागल हाम्रै छरछिमेकमा बढी देखिन्छे । बाटोमा हिंड्ने मान्छेहरु प्रती बेलाबेलामा आक्रामक देखिन्छे अझ केटामान्छेहरु प्रती उस्को आक्रोस बढ्दो छ । उ बेलाबेलामा केटामान्छेहरु देख्यो कि ‘थु थु’ गर्दै भुईँतिर थुक्छे । म यि द्रुश्य आफ्नो घरको झ्यालबाट नियालीरहेको छु । विगत ५ दिनदेखी ।
म प्रयास:मम्मिलाई सोध्ने गर्छु त्यो आईमाईलाई के भएको होला ? कहाँकी होली ? यसका सन्तान कहाँ होलान ?आमा भने मेरो प्रश्न प्रती उती सार्हो चासो दिनुहुन्न’थ्यो र छोटो उत्तर दिनु हुन्थ्यो ‘ के थाहा, त्यस्लाई गएर सोध’
================
आज भने त्यो बहुलाइले अत्तीनै गर्न थाली ।
रिसाउँदै, कराउँदै, हाम्रो घरको गेटमा मुड्की हान्न थाली । वरीपरिका छिमेकीहरु झ्यालबाट चिहाउन थाले । बटुवाहरु रमिते बनेर झुम्मन थाले ।
मैले देखेँ – मम्मी गेटमा पुग्नु भयो, हातमा खानाको थाली बोकेर । गेट खोलेर पागल आईमाईको हातमा थाली थमाइदिनु भयो । रमितेहरु तर्फ हेरेर खै के भन्नु भयो, उनिहरु तितरवितर भए ।
मम्मी फर्कनु भयो खानाको थाली सुम्पेर । उ कपाकप खान थाली । गेट बाहिर, फुट्पाथमै बसेर ।
मम्मी, त्यो को हो, भन्नुस् न ? ‘मैले कर गरें । ‘तपाईंलाई केही त थाहा होला ? प्लिज मम्मी भन्नुस् न । मैले आफ्नो जिद छोडिन । मेरो जिद्दीपनाले मम्मिलाई बोल्न करै लाग्यो । मम्मी बोल्नु भयो ।
================
उस्ले आफ्नो धनी परिवारसँग विद्रोह गरेर एउटा गरिव केटासग प्रेम विवाह गरी । धन न भए पनि मनको धनी थियो केटो ।उस्लाई असाध्यै माया गर्थ्यो । आफ्नी श्रीमतीलाई सुनचादी,महङ्गा लत्ताकपडा दिन सक्दैनथ्यो तर आफ्नो गक्ष र दक्षले भ्याए सम्मका सानातिना आवश्यकताहरु पुर्ती गर्नमा कहिल्यै चुक्दैनथ्यो । श्रीमतीका पिडा,दुख र थकानहरु सुन्ने र बुझ्ने कोशीस गरी रहन्थ्यो । आफुसंग भएका हासो, खुशी र सुखहरु साट्थ्यो। यसरीनै खुशीकासाथ उनिहरुको दाम्पत्य जीवन वितिरहेको थियो । उनिहरुको यो सुखी र खुशी परिवारमा विवाहको २ बर्ष पस्चात आर्को खुशी थपियो । त्यो खुशी थियो नवआगन्तुक छोरी ।
प्राइवेट कम्पनीमा सानो पदमा काम गर्ने श्रीमानको तलव तेत्ती राम्रो थिएन र अत्ती नराम्रो पनि थिएन । काठ्माडौको महँङ्गाईमा डेरा भाडा तिरेर दुई छाक टार्न र सानातिना अन्य आवश्यकता पुरा गर्नमा ठीक्क हुन्थ्यो बचत भने सुन्य । समय बित्त्दै गयो । छोरीको आगमनसंगै आवश्यकता बढ्दै गयो । आम्दामी भने उही ।
एक पटक उनिहरुबिच छलफल भयो- आफु दुई र छोरीको भविस्यको बिषयमा । दिनानुदिन छोरी ठुलि हुँदै छे,आवस्यकता बढ्दै छन्, कमाइ बढेको छैन , के गर्ने ? दुबैले एक आर्कालाई सोधे ‘के गर्ने ? के गर्ने ? के गर्ने ?’
केहीवेर सम्म कुनै उपाए सुझेन अन्तमा श्रीमान बोल्यो’ म बिदेश जान्छु- केही बर्षको लागि ‘ ।
श्रीमानको यो वाक्य सुनेर उ अवाक् भई ।
‘हामीलाई छोडेर ?’ उस्ले प्रश्न गरी ?’
‘हो, केही बर्षको लागि ‘ झिनो आवाजमा बोल्यो उ ।
‘सक्छौ ?”…………….!’ निरुत्तरित उ ।
उत्तर देओस् पनि कसरी, छोरी भने पछी हुरुक्कै हुन्छ उ । श्रीमतीबाट कुनै दिन टाढा भएको पनि छैन । उ आफ्नो सानो परिवारलाई आफ्नो सम्पूर्ण ठान्छ । उनिहरुको सामिप्यतामा आफ्नो खुशी देख्छ । तर आफ्नो खुशी भित्र परिवारको सुखद भविश्य देखेको छैन उस्ले । त्यसैले उ दर्हो हुँदै बोल्छ ‘ म मात्र केही बर्षका लागि विदेसिन चाहन्छु, केही पुँजी जम्मा गरेर फर्किन्छु ताकी भोली आफ्नै पुँजिले सानो तिनो ब्यापार ब्यवसाय सुरु गर्न सकिओस्……… ।’
उ सुस्केरा हाल्दै बोल्छ ‘…….. हामीले अब छोरीको भविस्य पनि हेर्नु पर्छ, सँधैं साथ रहेर मात्र पनि हुँदैन, केही बर्षको बियोग सहनुनै पर्छ ‘ बोल्दा बोल्दै उस्ले २ बर्सिय छोरीको गालामा च्वाप्प म्वाइ खाएको थियो । श्रीमतीको आँखाबाट आसुका धारा बगिरहेका थिए ।
================
उ गर्हौ मन लिएर बिदेशियो, आफ्नी प्राणभन्दा प्यारी छोरी र श्रीमतीसंग बिछोडिदा उस्को आँखाबाट बहेका आशुहरुले जमिनभित्र फेवा रुपा र रारा ताल बनाए । आफुलाई खुशी राख्नकोलागी सँधै तल्लिन रहने आफ्नो सुखदु:खको साथीलाई विदाइ गर्नु पर्दा उस्को मनमा पनि बन्चरोले हानेको झै ठुलो चोट लागेको थियो । तर वाध्यताको अगाडि कस्को के नै लाग्छ र यो बिछोड उनिहरुको वाध्यता र आवश्यकता दुबै थियो -रहर थिएन ।
दिन बित्दै गयो । हप्ता बिते । महिना बिते । समयको वहावसँगै आफ्नो श्रीमानको अभाव झन झन महसुस हुँदै गयो उस्लाई । त्यो अवोध नावालिकासंग उ मनका पिडाहरु साट्न सक्दैनथी न त थकानका सुस्केराहरु सुनाउननै सक्थी । आफ्ना भन्नेहरुसँगा नाता तोडेर आएकी उस्लाई यो शहरीया भिडभाडमा साथ दिने कोही थिएन । उ दिन प्रतीदिन आफुलाई एक्लो बिल्कुल एक्लो महसुस गर्न थाली ।बेलाबेलामा हात पर्ने चिट्ठीहरुको उत्तर लेख्दा उ भक्कानिएर रुन्थी । उस्का आँशुले अक्षरहरु भिजेर पानीमा डुबेर ढाडिएको झिङ्गा जस्तै ढाडिन्थ्यो । बर्ष बित्यो । उस्ले एउटा पत्र लेखी श्रीमान् को नाममा । त्यो पत्रमा जीवन जिउनकालागी सुख दु:ख अनी हाँसो खुशी साट्ने अटुटसाथको अभाव खट्किएको अनेकन ब्यहोरा उल्लेख गर्दै पत्रको अन्त्यमा एउटा हरफ लेखेर पत्र टुङ्ग्याएकी थिई ‘ मैले एउटा साथ पाएँ, त्यो साथ पाउनको लागि तिम्रो र मेरो सम्बन्धको अन्त्य गर्नु सिवाय मसंग अन्य विकल्प रहेन- मलाई माफ गर,तिम्री छोरी भने तिमीलाई पर्खि रहेको हुने छे,चाँडो घर फर्क ।’
बहुलाईको जीवन कथा भन्दा भन्दै मम्मीको आँखाबाट बलिद्र आँशुका धारा बहेको देखें । उहाँ केहीवेरको लागी स्तब्ध हुनु भयो । मेरो मनको तिर्सना अझै मेटिएको छैन किनकी कथा अझै अँपुरो छ । ‘यो आईमाई पागल कसरी भई, यस्को श्रीमान आयो कि आएन ? अनी उस्की छोरीलाई के भयो ? भन्ने ब्यहोरा थाहा भएको छैन ।
‘ अनी ! ‘ मैले थप जिज्ञासु हुँदै सोधें ।
‘ श्रीमान फर्कियो,छोरीलाई अङगाल्यो अनी देखावटी हाँसो छर्दै श्रीमतीको खुशीलाई पनि आत्मसाथ गर्यो ।’
‘ अनी ! ‘ मैले सोध्न छोडिनँ।
‘ जस्को सुखको खातिर विदेसिएको थियो -उसैबाट धोका पाए पछी श्रीमानले पनि आर्को बिहे गर्यो, आफ्नी छोरीको रेखदेखको लागि ।’ मम्मीले कथा टुङ्ग्याउन लाग्नु भयो । मेरो मन मानेन र थप प्रश्न जोडें ‘ यो आईमाई’नी ?’
‘ केही महिनासम्म यसको शरिरसँग खेलेर, त्यो साथीले साथ छोडेछ । त्यसै दिनदेखी उ मानसिक रुपमा बिछिप्त भई । श्रीमानसंग माफि माग्न पुगी तर श्रीमान पुन: विदेश फर्कीसकेको थियो,जसै उस्ले आफ्नो श्रीमानले आर्को बिहे गरिसकेको कुरा थाहा पाई त्यस दिन देखी उ पूर्ण रुपमा पागल भई । ‘ मम्मीले लामो सुस्केर हाल्नु भयो । मैले गेट तिर आँखा दौडाएँ । त्यो पागल महिला कुनै पुरुषलाई लुछ्दै थिई । क्रमस रमितेहरुको भिड बढ्दै थियो ।
मम्मीले पनि मसगै केहीबेर त्यो द्रुश्य हेर्नु भयो अनी सुस्तरी बोल्नु भयो ‘…………..सोचे जस्तो पुँजी कमाएर श्रीमानचाहीं केही बर्ष पछी देश फर्कियो र ब्यापार गर्न थाल्यो । धोका र अबिश्वासको चोटले घाइते उस्को मनलाई उसको दोश्रो बिहेले पनि निको गर्न सकेको थिएन । त्यही चोटलाई कम गर्न उस्ले रक्सीलाई अँगालेको थियो । दिनप्रतीदिन रक्सीको मात्रा बढ्दै गयो । ७ बर्ष अगाडि उसले आफ्नो प्राण छोड्यो र जाँदा जाँदै आफ्नो दोश्री श्रीमती र छोरीको लागि एथेस्ट सम्पत्ती छोडेर गयो……………….’
बाहिर रमितेहरुको भिडले त्यो पागल महिलालाई छेकेको छ । हामी मम्मी-छोरीको आँखा त्यही भिडतिरै छरिएको छ , मम्मीले कथाको बिट मार्नु भएको छैन ‘ ………….अहिले उस्की छोरी १९ बर्षकी भएकी छे, सौतेनी आमाले सक्दो माया दिएकी छ ताकि उस्को आफ्नी आमाको कमी महसुस नहोस् ………..’ मम्मीले एउटा हातले मेरो कुममा स्पर्श गर्नु भयो । मैले मम्मिको अनुहारमा हेरें । उहाँका आँखाबाट पहिलेको भन्दा अहिले आशुका वहाव झन बढेको देखें । उहाँले पनि पुलुक्क मेरो अनुहारमा हेर्नु भयो र काँपेको आवाजमा बोल्नु भयो ‘ ………….भनत, तिमीलाई कहिल्यै मैले तिम्री आमाको कमी महसुश हुन दिएकी छु ? ‘ मम्मीको मुखबाट अनायस यो प्रश्नात्मक वाक्य सुने । एकाएक मेरो शिरमा पहाड खसेझैं भान भयो । मैले टेकेको जमिन भास्सिएझै भयो । म निशब्द भएँ ।
‘हो तिम्री आमा त्यही पागल महिला हो । जो हरेक दिन आफ्नी छोरीको खोजिमा हाम्रो टोल छिमेक चाहर्दै हिँड्दैछे तर आफ्नै अगाडि आफ्नी छोरीलाई देखेर पनि चिन्न सकेकी छैन । त्यो तिम्रै आमा हो , तिम्रै ‘
म थचक्क भुईमा बसें
(स्रोत : रचनाकारको ब्लगबाट सभार)