~बिन्दु प्याकुरेल ‘लुना’~
यो यही हो चौर टुडिखेल
जहाँ एक हुल हाम्रा सपनाका सारथिहरु
अभिलाषाका रथमा चढेर आउछन
उही मन्त्र दोर्याउछन बारम्बार
जनता ! जनता ! जनता !
अनी फूल स्बरुप पर्चाहरु छर्दै
हामीलाई पूजा गर्दै जान्छन
पर्चा हेर्दै म गुनगुनाउथे
” आशा सपनाहरु
तिमी मै खोजेर
आँखाले हेरिरहे
तिमीलाई नै रोजेर —
°
नहराउ है तिमी
कागजमा बनेर सिमित
रोजेको थिए मैले तिमीलाई
मेरै निमित्त
°
यि औलाहरुले
ला’ एको थियो तिमीलाई मायाको छप
त्यै माया
नबनोस मेरो लागि अभिशाप
°
मुर्झाइ कती दिन बसू
बनेर म बेसाहारा
म तिम्रै हुँ
माया गर मलाई देउ सहारा —
°
मैले धेरै पटक गुनगुनाए यसरी आशाको गीत
धेरै पटक —–
तर आज यो प्रचन्ड घाममा
यो पर्चा स्बरुपको फूल
हिजो अस्ती झै सुगन्धित लागेको छैन
यस् बाट हररर मग मग बास्ना आएको छैन —
यो गन्हाउने हुन थालिसकेको छ
यस्को दुर्गान्ध ले
म कम्जोर भएको छु
बिश्राम गर्ने निहुमा ढलेको छु
मलाई यि पर्चा रुपी फूलहरु
पत्र पत्र गरी च्यातिदिउ झै लाग्छ
यहाँ मुस्कुराएर हासेका अनुहार हरु कोपरिदिउ झै लाग्छ
सधैं मेरो नाममा मन्त्र जपेर
भेटी खाने हरु
मलाई आस्थाको बन्दी बनाएर
देश को ढुकुटिमा हालिमुहाली गर्दै
आफ्नै महल ठड्याउने हरु
तिम्रा अनुहार हरु च्यात चुत पारीदिउ झै लाग्छ
मेरो आस्था हराउदै छ तिमीमा
किनकी
तिमीले मलाई पूजेका छौ
तिम्रो लागि
न कि मेरो लागि —–
के मैले झुटो बोले ?!
बिस्बास लाग्दइन तिमीलाई ? !
हेर त मलाई गहिरिएर नियालेर
म सदियौ देखी उस्तै थिए
आज पनि उस्तै छु —–
(स्रोत : Mysansar.com)