~सन्दिप बडाल~
तिमीले सोच्यौ होला,
तिम्रो प्रेममा म बिक्षिप्त भएको छु
तिमीले दिएको धोकाले मुर्छित भएको छु
र ढलिरहेको छु ओछ्यानमा
एउटा जिउँदो लाश बनेर
पौडिन नसकी डुबिरहेछु
आफ्नै आँशुको बिशाल सागरमा
तर तिमी गलत छौ,
एकदम गलत
कारण,
म एकदम ठिक छु
र अझै पनि जिउँदै छु
तिम्रो धोकाको प्रहारले
मलाई कुनै चोट दिन सकेको छैन
न त कुनै आँशुको सागर नै बनाएको छु मैले
किनकि,
म तिमीले सोचेजस्तो नामर्द होईन
तिमीले मानेजस्तो म कमजोर पनि छैन
र मलाई यो पनि ज्ञान छ,
कुकुरले मलाई देखेर पुच्छर हल्लाएन भन्दैमा
म रुनु हाँस्यास्पद हुन्छ ।
– साउन २०६२
(स्रोत : रचनाकारको ब्लगबाट सभार)