~पवन भण्डारी ‘किरण’~
व्यभिचारको चौघेरामा
घेरिएकी विवश नारी।
तिम्रो क्रन्दनमा
असह्य चिच्च्याहटमा
मृत्युको एक गुहार सुनें
नौली बुहारी बनेर
भित्रिएको घरमा
अलच्छिनी पद पाएको देखें
बालविवाहको पींडा खप्न नसकी
प्रसुतिगृहमा लास भेंटे।
तिम्रो अत्यास, प्यास र भोकलाई
तृप्तिमा बदल्न चाहें
तर के नै छ र?
म निर्धोसँग
फोस्रो आश्वासन र सान्त्वनाबाहेक
मलाई लाज लाग्छ
यो मेरो समाज देख्दा
जसले चेलीलाई
ज्यूँदै मारेको छ
म सोध्छु
यो एक पक्षीय समाजलाई
जसले चेलीलाई
लोग्नेको मृत्युपश्चात्
सेतो वस्त्र पहिर्याउँछ
मात्र यस कारण कि
त्यो सेतो वस्त्रमा
चाँडै दाग लाग्न सकोस्,
लगाउन सकियोस्
चेली 164
कति तड्पिन्छयौं जुगैभरी?
तिम्रो कसुर के छ र?
त्यसैले मुक्तिकामी चेलीहरू !
उठ, व्यूँझ र आवाज सँगै आवाज थप
सबै मिली मुी कस
तिम्रो सत्यवान् प्यारो छोरो, प्यारो भाई
तिम्रै निम्ति लड्दैछ
तिमीसँगै बनपाखा गर्ने
तिम्रा सहेली खेाज्दैछ
गाउँ–गाउँमा ज्ञानको ज्योति बालेर
अन्धकारसँग लड्दैछ
किनकि समाजका शोषित नारीका लागि
मौलिक हक र शिक्षाको चहक
जीवनको आधार बन्दै जाओस्
डोको, नाम्लो समात्ने हातहरूमा
कलम, कापी थमाइयोस्
बोक्सी, मुल्याही नाम पाएकालाई
व्यभिचारको सीमाबाट निकालियोस्
नरोऊ चेली,
गन्तव्य अब त्यति टाढा छैन।
बस पार गर्नुछ
यो औंसीको कालो रात
प्रतिक्षित रहनु चेली त्यतिन्जेल
तिमीलाई घेर्ने पर्खाल तोड्न
तिमीलाई बेर्ने दासताको फलामे साङ्लो तोड्न
भोलिको मिरमिरेसँगै आउनेछु
केवल तिम्रो मुक्तिका निम्ति
पीडित चेली !
केवल तिम्रो उत्थानका निम्ति
१२ माघ, २०५८, दीपनगर, रूपन्देही
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २० – २०६६ चैत्र १८ गते )