कविता : फेरी घाम उदायो

~रुपेश श्रेष्ठ~Rupesh Shrestha

फेरी घाम उदायो
अनाहकमा
मेरो वस्तीको नग्नता
उदाङो हुने भो ।

रात ओढेर
बल्ल बल्ल निदाएको वस्ती
जाग्ने भो फेरी
अब कता लुक्ला यो ?
अब के मात्र छोप्ला यो ?

धुजा धुजा पारेर
वस्त्र च्यात्यो
टुक्रा टुक्रा पारेर
कपाल लुछ्यो
छातीभरीको वक्ष
मरुथल पर्‍यो
दैव पापिले
यस्को यौवन लुट्यो ।

हेर्नेहरुले लाज पचाएर हेरे
नहेर्नेहरु वस्ती छाडेर हिंडे
मेरो वस्तिलाई पछ्यौरी ओढाउने
अर्को कुनै मसिहा आएन
मेरो वस्तिलाई न्यानो अङाल्ने
अर्को कुनै मर्द आएन ।

आज
फेरी घाम उदायो
रात ओढेर निदाएको
मेरो वस्तिको नग्नता
अनाहकमा फेरी
उदाङो हुने भो ।

April 4th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.