कविता : अस्ताउनै लागेको सुर्य

~दिपक अधिकारी~

अस्ताउनै लागेको सुर्य झैं,
घरले जा-जा र बनले आ-आ भनिरहेपनी,
मेरो त अझै पनि बाँच्ने रहर सेलाएको छैन,
फुस्रिएका ईँट्टा झैँ अनुहारै फुस्रो भयपनी,
मेरो मन चाँहीँ फुस्रिएको छैन !

भत्किनै लागेको संग्रहालय जस्तो यो जिबन,
कतिबेला ढलिदिन्छ आँफैलाई थाहा छैन,
तरपनी चाडबाडको बेलामा,
म पनि ठिटा-ठिटीहरु सँग रमाइदिन्छु,
मिठा-मिठा गफमा आँफैलाई म भुलाइदिन्छु !!

शरीर त बुढो भो, तर मन भने बुढो भएन,
अशी नै काटेपनि बाँच्ने रहर भने अझै गएन!!!

दिपक अधिकारी
जर्मनी
August 29th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.