~दुर्गा राइ~
मेरो देशको गती
अनी
यो साइकिल एउटै
एउटै पारीबेश मा छ,
साइकिल लाई चाढ्ने को भार
दुबै लाई फेरी अर्काकै सार,
देशलाई दिशा दिनेहारु धेरै आए
सबैले एउटै गतिमा चलाए
कसैले टनक्पुर टुटायो
कसैले कोशी फुटायो
हरेकले गण्डकी सुकयो,
देश गृह युद्दको खल्डोमा गैरहेछ,
ए नेता हो बुझन अब त बुझ
अर्काले ठेलेको भरमा कती पाउदानी चलाऊछौ,
देश आफ्नो दिश आफ्नो आफ्नै हात्मा ह्यन्डल छ
मोडन अब त मेची देखी महाकाली सम्मा
जोडन हिमाल पहाड तराइ मधेश सम्मा
किन मोड्छै कहिले दिल्ली
कहिले चिन
जो मौरी काढ्ने उही हात चाट्ने भाईसक्यो,
सुन्याछौ ! बद्ध हाम्रै भन्न थालि सके
कोशी हाम्रै भन्दै टाल्न थालिसके
अनी
सगरमाथाको गर्ब गर्छौनी नेपाली हो
सुनेनौ होला चिन ले आधी मेरो भन्न थालि सके,
हेर त नानी
आफ्नै भरमा फुलेको लाली गुरास हेर
स्वाभिमान ले उभेको हिमशिखर हेर
अनी आँफै
स्वाभिमान र सन्कल्पले साइकिल चलाऊ
तिम्रो लक्ष्य तिम्रो गन्तब्य पक्कै भेटिन्छ
अर्काको भर मा त नानु खल्दोमा पो पारीन्छ !!
दुर्गा राइ
ईराक
April 13, 2009
(स्रोत : Mysansar.com)