~बुद्धीलाल तमाङ~
मेरो इतिहास,
बीरहरुको बिरताको इतिहास थियो
बलिदानका कथाहरुको इतिहास थियो
त्याग र समर्पणका गाथाहरुको इतिहास थियो
जिउदा र जाग्दाहरुको इतिहास थियो
अखंड जितहरुको इतहास थियो
जितै जितको इतिहास थियो
अहा! मेरो इतिहास!
कति गौरबमय थियो
कति शुन्दर थियो
कति महान थियो
कहिल्यै नझुक्ने सागरमाथा जस्तै दृढ, उच्च र अटल थियो
तर मेरो इतिहास,
सधै त उठी रहेन
केही समय देखि सुती रह्यो पनि
इतिहासका कालखण्डहरुमा सुती दियो पनि
कहिले शुस्तहरुमा सुस्ताई दियो
कहिले कालापानीहरुमा अस्ताइ दियो
कहिले सुगौली संधि बनेर निहुरी दियो
कहिले राणाहरुको शासन बनी सुती दियो
कहिले राजा महाराजहरुको कलह भित्र अलमली दियो
मेरो इतिहास,
अब फेरी तिमी उठ्नु पर्छ
इतिहासका कडिहरु जोड्नु पर्छ
जनऊभार बनी उठ्नु पर्छ
रास्ट्रीय एकता र अखंडको ज्योति बालेर उठ्नु पर्छ
बिकासका मुहानहरु भई फुट्नु पर्छ
रास्ट्र निर्माणको महाभियान भई जुट्नु पर्छ
नौरंगी इन्द्रेणी जस्तै डांफे चरीको रंगहरुमा रंगिनु पर्छ
लाली गुराँस बनेर पाखा पाखा भरी फुल्नु पर्छ
किसानका बालीहरुमा,
खेतका आलिहरुमा सबै सबै तिर फुल्नु पर्छ
गुमेको पहिचान फर्काउदै
जितै जितको कर्तिमान बनेर उठ्नु पर्छ
April 19th, 2009
(स्रोत : Mysansar.com)