~बसन्त थापा~
हेरी रहू जस्तो लाग्ने,चुमिरहू जस्तो लाग्ने
हरेक सीमा भत्काएर तिमी सामू पुगु लाग्ने
मन भित्रका सबै इच्छा पोखु पोखु लागिरहने
सर्बस्व लूटाएर भए पनि तिमीलाई पाऊ लाग्ने
अंगालोमा राखीरहुकी,हत्केलामा राखीरहुकी
हुनेभए छातीभरि कैद बनाएर राखीरहुकी
समुन्द्रमा जति पानी हजार गुना इच्छा जाग्ने
कस्तो रूप पाएछौ तिमले नैतिकता सबै भाग्ने
सुघिरहु रहू जस्तो लाग्ने सुगन्दको खानी तिमी
जीबनभर सेबक बनू झै लाग्ने कति प्यारी तिमी
छोपीराख प्रिय मलाई तिम्रो पहिरन भित्र
जस्ले जे भनुन प्रिय म त हराए तिमी भित्र
Basanta Thapa,
Maryland,USA
(स्रोत : Mysansar.com)