कविता : अबला नारी

~चम्पा देवी खड्का~

बिचरी ति अबला नारी झुकाई सिर घुडामा राखिछन
मनको पिर बेदना कसलाई पोखुन बिलह भाकीछन
पिरले बिलह भएको बेला एक हातमा राखी एक हातको छाहारि
सबै पात झरी उजाडभएको जिन्दगीमा केही थाहा छैन आशु छ गहभरी
नारी हौ तिमी धर्तिकी छोरी सिर झुकाई नबस
हेर तिमीलाई कसले नङगायो त्यसको पर्दाफास गर्न कम्मरकस
कसैको सायता र छहारिको आशा गरी भरपरी नबस
कलकल गर्दै बग्ने खोला होउ तिमी आफु हिंड्ने बाटो आँफैनै खोज
आँखा चिम्लेर सिर झुकाई नबस अपरिचित हातमा
तिमीजस्ता अबला नारिको नेत्रित्व गरी अगाडि बढ सबैको साथमा
तिमी हामी जस्ता नारी हुन विश्वमा सबैले कती प्रगती गर्याछन
डाक्टर ईन्जिनियर पाईलट मन्त्री राष्ट्रपती पनी भएकाछन
जुनहात तलराखी तिमीलाई उठाएको छ प्रिथिबीमान है
जुन हातले माथिबाट तिमीलाई छाहारी दिएको छ त्यो आकाश ठान है
चिम्लेका आँखा उघार चेली रोएर नबस
निहुरेको सिर उचाल अब केही गर्न कम्मर कस

चम्पा देवी खड्का
बानपा-२,बागलुङ
September 6, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.