~निशा खनाल~
गुरु भनेको के हो ? गुरु कस्तो हुनुपर्छ ? व्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ? मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन । म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्गदर्शक हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्वपूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डो¥याउँदै जसले नयाँ जीवन प्रदान गर्छ । सही र गलतको पहिचानबाट मानिसभित्रको अज्ञानता, अहमता हटाउँदै जसरी अँध्यारोमा राखिएको डोरीलाई सर्प भनेर मृत्यु हुने डर भई थर्थर हात खुट्टा काप्दै मुटु चलन नसकेको अवस्थामा ज्ञानरुपी दियोको सानो प्रकाशले यथार्थलाई औंल्याई आँखा उघारिदिँदा निर्धक्क हुन्छ मानिस । हो त्यस्तै ज्ञानी जसले अन्धकारबाट उज्यालो प्रकाशतिर लगाउने गुरुको कुरा गर्दैछु म ।
जब म यी सानो कमलका मुनाहरुलाई गुरुसँगै जिम्मा लगाएर परदेशिन बाध्य भएँ त्यो अवस्थामा मेरो दुई मुटुहरु यस्ता थिए अनि उनीहरूलाई मेरो सम्झना यसरी दिन चाहँे । अहिलेको अवस्थामा साँच्चै तिमी त अब बाबु परदेशी पनि भइसकेका छौ । अध्ययन गर्न अवसरमा धेरै किसिमको अनुभूतिहरू गर्न क्रममा, दुख, दर्द पीडा कष्ट, अनेकौ आइपर्न अवरोधहरूको सामना गर्नुपर्न हुन्छ त्यो बेला तिमीले त्यस्ता गुरुको बारेमा के विचार गरेका छौ त ?
अनगिन्ती व्यक्तिलाई आफैंले मात्र सत्य थाहा पाएको भनेर प्रभावित गर्न खोज्ने, आफूमा मात्र सम्पूर्ण कुराको ज्ञान र मोक्ष भण्डार पाएको छु भनेर दाबी गर्ने गुरुहरू हुँदाहुँदै पनि फेरि पुनः गुरुहरू कसरी र किन जन्मेका हुन् त ? भन्ने कुरालाई तिमीले अलिकति पनि भित्री आत्मादेखि महसुस गरेका छौ त ? विचार गरेर हेरेका छौ त ? अनि तिमी त्यस्ता गुरुहरूमध्ये कसैका अत्यन्त प्यारा छौ कि बाबु ? शिक्षाको क्रममा साँच्चै निर्धक्कले भन्नु पर्दा म भने एउटा मात्र गुरुको ध्यान कहिल्यै हुन सकिन । मैले त जहिले पनि गुरुहरूलाई एउटा स्वच्छ हावा प्रदान गर्न झ्याल र त्यहाँबाट टाढा टाढा आँखाले भ्याउञ्जेलसम्मको दूरीबाट देखिने दृश्य अनि, विभिन्न आकृतिहरूलाई मनन गराउने झ्यालको रुपमा लिने गरेँ । किनभने जसरी सीमित ज्ञान र आग्रहहरूको पर्खालभित्र बाँचिरहेको बेला कोठाभित्रको चार पर्खालबाट घेरिएको कुठित मन भएर अँध्यारोमा रुमल्लिइरहेको मानिसलाई झ्यालले त्यस पर्खालभित्रबाट घेरिएको अँध्यारो कोठालाई बिहानको सूर्यको उज्यालो प्रकाश त्यस भ्mयालको खापा खोल्दा घरभित्रको रौनकता, दिएको न्यानो अनुभूति र त्यहाँबाट देखिने पर्खाल बाहिरको ठुलो संसार हेर्न सघाइरहेको हुन्छ, त्यसै कारणले होला मानिसको जीवनमा गुरुको महत्वपूर्ण भूमिका भएको हो ।
हेर बाबु जसरी हामी झ्यालको नजिक जान्छौ अनि दृश्यहरू पनि फराकिलो रुपमा देखिदै गएको पाउछौ, हो ठिक त्यसै गरी गुरुहरूको आत्मीयता, र उनीहरूसँगको नजिकपनले तिमीहरूलाई बुझ्न र देख्न सक्ने सत्यको दायरा फराकिलो भएर आएको पाउनेछौ । तर कुनै एउटा झ्यालबाट एउटा पर्दा उघारेर हेर्दा वा एउटा झ्यालबाट मात्र अवलोकन गर्न खोज्दा चारै दिशाको दृश्य अवलोकन गर्न सकिदैन । के त्यो चारतिरको पर्खालबाट घेरिएर बनेको घरभित्र चारै कुनाको दुनियाँ देखिन्छ र ? के एउटा कुनाको झ्याल खोल्दा सबै कोठामा उज्यालो प्रकाश आउँछ र ? झ्यालको त सीमित दायरा हुन्छ नि हैन र ? । हैन भने एकपल्ट आफ्नै घरको झ्यालबाट विचार गरेर हेर त ? के पूर्वबाट देखिने झ्यालको अवलोकन तिमी पश्चिम झ्यालबाट गर्नसक्छौ त ?
त्यस्तै उत्तरबाट हेर्ने झ्यालको दृश्य तिमीले दक्षिणको अवलोकन गर्नसक्छौ त ? के घरको एउटा झ्याल मात्र खोल्दा सबै कोठामा उज्यालो प्रवेश गर्छ त ? हो यदि तिमीलाई चारै कुनाको दृश्यको अवलोकन गर्नुपर्दा ती चारै दिशामा पुग्नु र सबै कोठामा उज्यालो बनाउन चारै दिशाको झ्यालको खापा खोल्न आवश्यक र अनिवार्य हुन्छ हैन त बाबु । त्यसैले मलाई किन किन गुरुहरू पनि त्यस्तै लाग्ने गर्छ बाबु ।
तिमी त्यो सानो झ्यालबाट मात्र बाहिरको दुनियाँलाई चियाउन हैन, कसरी मानिसले बाच्नु पर्दो रैछ, अनि के कस्ता गुरुहरूको जीवनमा आवश्यक पर्छ भनेर अध्ययन गर्न संसारलाई त्यही साँगुरिएको प्रकाशले मात्र सीमित नरहेर त्यो दुनियाँमा पुगेका छौ । जहाँबाट तिमीहरूले संसारलाई खुला सामुद्रिक किनारबाट महसुस गर्दै आफ्नो जीवनलाई मानवको परिचय र शिक्षाको महत्व दिन उदाहरणीय हुने प्रयासमा लागि परेका छौ र पनि कहिल्यै एउटा गुरुको भरमा नपरे बाबु ।
कहिलेकाहीं एउटा गुरुको भरमा मात्र पर्दा कतै दुर्घटना पो हुने हो कि ? जीवन अन्धकारमा पर्न पो हो कि ? हेर मलाई कहिलेकाहीं यस्तोसम्म लाग्छ – कुनै गुरुको शिक्षा लिने क्रममा त्यही ज्ञानभित्र मात्र निहित हुँदा अनि झ्यालको नजिकै पुगेर सिसा नजिकैबाट हेर्दा, लेग्रालेग्री लागेको देखिन्छ, अनि कुनाकानीमा भएका फोहोर, घुलोहरूले वाक्क लाग्ला झैँ मनलाई बस्न नसक्ने बेचैन बनाउँछ ।
हो, त्यसै कुनै गुरुको अति नजिक पुग्दा उनीभित्र रहेको मानवीय कमजोरीहरूलाई तिमीले देख्न सक्नेछौ र महसुस गर्नसक्नेछौ । जसरी कहिलेकाहीं अति नै घुलमिल गरेर नजिकै बस्न पुग्दा काखी हवास्स गन्हाउन सक्छ । यस्ता गुरुको कमजोरीहरूलाई यदि तिमीले महसुस गर्नपुग्यौ भने त्यो तिम्रो गल्ती अवश्य हैन । किनकि कुनै एक मात्र गुरुलाई सफा, कञ्चन, निर्मल र पूर्ण देखेर उनैलाई मात्र संसारको पुज्य ठान्ने र एउटा झ्यालको कुनाबाट नै संसारको अवलोकन गर्छ भन्ने आशामा अल्झिएर बसेका मानिसहरू जब गुरुको अति नै नजिक पुग्छन र त्यहाँबाट खुर्मुरिएर सिँढीको माथिबाट चिप्लिएर ल१न सक्छन त्यस्ता कयौ घटनाहरू मैले आँखाले देखेकी छु, अनि सुनेकी छु । तर यहाँ बाबु मैले कुनै गुरुलाई शंका, अनास्था गरेर अपमानित गर्न खोजेकी पनि हैन, किनभने गुरुहरू भनेको त आदरणीय हुन्छन, सम्मानीय, हुन्छन्, अनि हुनुपर्छ ।
गुरु भनेको पुज्यनीय र प्रिय हुन्छन्, ती झ्यालहरू झैँ जसले स्वस्छ हावा प्रदान गर्दै हामीलाई जीवन बाँच्न केही राहत दिएको हुन्छ । जसरी घर बनाउँदा जति महत्व झयालको हुने गर्छ । त्यस्तै हाम्रो जीवन वा हर मानव प्राणीको जीवनमा शिक्षा दिने गुरुको महत्व हुने गर्छ । तर पनि बाबु संसारभरिको यथार्थ र सत्यता थाहा पाउन कुनै एक गुरुको माध्यमबाट सम्पूर्ण कुरा प्राप्त गर्न सम्भव छैन ।
आजको आधुनिक युगमा दिनानु दिन नयाँ नयाँ चुनौती आउने गर्छन् । मानिसको जीवनको मोल थाहा पाउन रातमा सुतेको मानिसले बिहान उठ्दा आफूलाई धन्य ठान्ने गर्छन् । किनकि राति सुतेर उठ्दा संसारमा अर्कै अन्य सत्य घटनाहरू घटिरहेको पाइन्छ भने एकै समयमा ज्ञान प्राप्तिका लाखौ यात्राहरू सँगसँगै धेरै कुराहरू जान्ने हुन्छन । त्यसैले बाबु हिजो आज त नौलो किसिमका परमाणु तथा आयमहरू देखा परिरहेका छन, अनेकौ किसिमका परमाणु हरियारहरू देखापर्न, लगायत संसार हेर्न काला, संगीत, सुन्न, नयाँ टिभीहरूमा आउने नयाँ कुराहरूको बारेमा जानकारी प्राप्त गर्न ज्ञानका सत्संगको विषय मात्र नभएर प्रत्यक्ष जीवनमा अनुदित र आचरण, काला इत्यादिको ज्ञान हुनुपर्ने आवश्यकता पनि हुन्छ भन्ने मैले महसुस गरेको छु त्यसैले बाबु कुनै एउटा गुरुको मात्र शिष्य भएर त्यो सबै कुरा प्राप्त हुन् के सम्भव छ र ?
(स्रोत : श्री रुपरेखा)