कविता : परदेशमा तन नेपाल मै छुट्यो मन

~जीवन्त रुकु~Rukmani Satyal Bidari

उदाउँछ घाम उसैगरी यहाँ सगरमाथा छोई आउँदैन त्यो ।
बग्छन मन्द पवन पनि, मेरो नेपाल छोइ आउँदैन त्यो ।।
घुम्त्ती घुम्छन उसैगरी , मेरो गाउँको चौतारी देख्दिन म ।
मेरो सलान्दुले मेट्ने प्यास ,यहाँको जलमा भेट्दिन म ।

भेटिन्छन् थरी -थरी तन, नेपाली मन भेट्दिन म ।
टेकिन्छ यो भुमिमा उसैगरी, मेरो माटोको सुवास पाउँदिन म ।।
डुलु म यता उता, मेरै गाउँ बेसीको आनन्द पाउँदिन म ।
फुल्छन फूल थरी थरी, मेरै लालिगुराँसको मुस्कान अरुमा देख्दिन म ।।

बज्छन गीत ताल बोकी यहाँ , तेस्ले मलाई चिड्याउँछ ।
मेरै झ्याउरे भाकाले मलाई आनन्दले नचाउँछ ।।
परदेशको यो लवाइ भन्दा, मलाई गुन्यौ चोली सुहाउँछ ।
पिज्जा बर्गरको स्वाद भन्दा, गुन्दुक मकैले मलाई लोभ्याउँछ ।।

तन यहाँ बाचेको छ, मन मेरै नेपालमा खुशीथ्यो ।
झिली मिली यो पर्देस भन्दा, तिहारको दियो उज्यालोथ्यो ।।
गगन चुम्ने महलमा केबल सुख मिल्दछ ।
मेरै गाउ घरको त्यो झुपडीमा मलाई आनन्द मिल्दछ ।।

काफल चुत्रो मिठो मेरै बनपाखामा खाएको ।
मेरै रोधी प्यारो लाग्छ सङी मिली गाएको ।।
पसिना बग्दा परदेशमा, मेरो माटोले बोलायो लाग्दछ ।
परदेशमा कहाँ रम्छ र मन, भागी भागी मन नेपाल मै पुग्दछ ।।

फर्किन्छु छिटो आमा, परदेसमा म मर्दिन ।
परदेसमा मरे भने आमा, म गति पर्दिन ।।
नेपाली मन बिच रम्ने मेरो धोको छ ।
संसार डुलु बनी पंक्षि म, मलाई नेपाल नै प्यारो छ ।।

२०१६-३-१
“जीवन्त ” रुकु

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.