कथा : एपीएफ दाइ

~अन्वेश राई थुलुङ्ग~Anbesh Rai Thulung

केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने बमोजिमको समयभन्दा म धेरै ढिलो भइसकेको थिएँ तर पनि मेरा लागि उनका परिचित बुबा–आमा र दिदीहरुसँग भेट्ने इच्छा महत्वपूर्ण थियो । आफू चढेको बसमा अपरिचित ठाँउको म अलि बढी नै खोजीनीति गरिरहेको थिएँ । किनकी मेरो फोन स्वीच अफ भइसकेको थियो र मलाई फोन नम्बर याद थिएन । धनुष मोड कहाँ पर्छ ? कसरी म पुग्छु ? गाडी लाग्छ कि लाग्दैन ? तपाई उत्रिएको ठाउँबाट कति टाढा पर्छ ?

भाग्यले सायद ममाथि दया गरेर होला एक अपरिचित सशस्त्र प्रहरी बलका जवानलाई मेरा सामु राखिदियो । उनी सिभिलमा थिए । गाडीमा हामी बोल्दै गयौं । अलि समयको बोलचालपछि मैले धेरै नै खोजीनीति गरेको देखेर आफै पु¥याई दिने भने । लेखनाथ चोकमा उत्रिएपछि उनले आफ्नो कोठामा शुरुमा जाउँ त्यसपछि साइकलमा धनुष मोडमा पु¥याई दिने विश्वास दिए । उनको कोठा अलि भित्रपट्टि रहेछ । डर अनायास रुपमा मनमा चिसिन शुरु ग¥यो ।

यो समय काठमाडौंमा लुटिएका मानिसहरुको कथा जस्तै थियो । समानताको रुपमा म पनि भर्खरै चिनेको मान्छेसँग हिंडिरहेको थिएँ तर भिन्नताको रुपमा म लुटिएको भने थिइनँ । कोठामा पुगेपछि मेरो डर झन बढ्यो । म जताततै विश्वासका अवशेष खोजिरहेको थिएँ । उनको परिवारको फोटो, उनको साथी जवानहरुसहितको सामुहिक फोटो, बर्दीमा पासपोर्ट तरिकाको बसाईंको ठूलो फ्रेम गरिएको फोटो थियो । तर म विश्वास गरिरहेको थिइनँ । हामी पुग्दा वहाँको श्रीमती फिल्म हेर्दै हुनुहुन्थ्यो । मैले सुने पढेअनुसार मानिसलाई लुट्न ठूलो गिरोह संलग्न हुन्छ, जसमा महिला त अझै पेसेवर हुन्छन् । उनलाई देख्न साथ म अझै चिसिएँ । शून्य थिएँ, शिक्षाले अन्धविश्वास हटाउँछ तर मेरो शिक्षाले यहाँ विश्वास पनि हटाउँदै थियो ।

त्यतिकैमा ती दाइले इशारामा श्रीमतिलाई केहि भने र उनकी श्रीमतीले मलाई एक पटक हेरेर मुस्कुराइन् र कोठाबाट अलप भइन् । नदेख्नु देखेपछि मन न हो झन शंका बढ्यो र डर अझ उत्तेजित भयो । डरले मानिसलाई बाँच्न सिकाउँछ यस्तै भन्थ्यो फिल्म लाइफ अफ पाइमा, मैले भने परिमार्जित गरेर सोचें डरले मलाई बच्न सिकाउँछ । केहि हुना साथ लड्छु सके मार्छु नसके मर्छु सोचाइ डोलिंदै थियो । तर मनमा आफैलाई हाँस पनि उठिरहेको थियो । बिचराले मलाई लुटे पनि गोजीमा धेरै पैसा नै छैन । फेरि मेरो शिक्षाले मलाई मृगौला तस्करको कुबेलामा याद दिलायो । ज्ञान त्यसपल मेरा लागि विपद बनिरहेको थियो । तर सँगै आत्मविश्वासलाई मैले पूर्णरुपमा आफ्नो बलमा रुपान्तरण गरिरहेको थिएँ । हामीबीच संवाद भइरहेको थियो तर मन भन्ने कुरा कहाँ हाम्रो वस्को कुरा रैछ त, मलाई हरेक कुरामाथि सजग बनाइरहेको थियो । दाइले टिभीको च्यानल चेञ्ज गर्दा रिमोट खोज्दा होस् या मोबाइल चार्ज गर्न चार्जर, मैले एकपल पनि वहाँबाट नजर हटाइनँ ।

एकैछिनपछि वहाँको श्रीमती ट्रेमा दुई कप चिया लिएर आउनुभयो । मैले यसपल वँहा ढोकाबाट पस्नासाथ एक कुरा सोची हालें–‘यदि यसमा केहि कुरा मिसाइएको छ भने कि भाउजुले मलाई आफ्नै हातले चिया दिने छन् वा दाइलाई पहिले चिया रोज्न लगाउने छन् तर यदि छैन भने मैले नै चिया छान्न पाउने छु ।’ मैले छान्ने मौका पाएँ । तर साठी प्रतिशत शंकासहित चिया पिएँ र मोबाइल पनि त्यसपछि चार्ज गरे । मोबाइलमा कल गर्न मिल्ने गरी मात्र चार्ज भएपछि भने मैले जानलाई दाइसँग कर गरें । मलाई जति चाँडो त्यहाँबाट निस्कनु थियो । दाइले सहर्ष स्वीकार पनि गरिहाले र मलाई साइकलमा धनुष मोडसम्म छाडिदिए । त्यहाँ साथीको दिदी आउनुभएको थियो । मैले त्यतिबेला मात्र राहतको सास फेरें ।

‘भाइ विपदमा गरेको सहयोग ठूलो हुन्छ । राम्रोसँगले जाऊ ।’ मैले धन्यवाद दिएँ । त्यतिबेला पो याद भयो उनले साँचो बोलेका रहेछन् । क्षणभर मैले विश्वास गरिन् उनी भोजपुरका मीनबहादुर श्रेष्ठ हुन् । मैले पत्याइन उनी चन्द्रगढीका एपीएफ हुन् । मैले शंका गरें, उनले सहयोग गरिरहेछन् । बिना बर्दी मैले त्यसपटक पहिलोचोटी अनुभव गरेको सुरक्षा र सहयोग थियो त्यो । मानौं हिलो छिचोलेर त्यस समय कमल हाँसिरहेछ । त्यसदिन मैले केहि भन्न सकिनँ तर भन्न मन थियो–‘दाई, तपाई धेरै राम्रो काम गरिरहनुभएको छ ।’

(स्रोत : इलाम पोस्ट अन्लाइन)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.