~विश्व राज भेटुवाल~
प्रत्यक रात
हेम्लकको नशामा
अर्धचेतनामा
भयङ्कर सपनाहरुसँग
साक्षात्कार गर्दै
अधमरो निदाउछ
युवा ।
सपना बग्छे
समाजसँङ्ग
सस्कारसङ्ग
सम्बन्धसङ्ग
सरकारसङ्ग
अधोगतिमा ।
फुटछन् मनभित्र
अग्निसमायोगहरु
उम्लन्छ मन
पकाउछ मष्तिक र
खरानी पार्छ
केही संस्कारलाई
केही सम्बन्धलाई
केही समाजलाई
त्यसको
विकास र चेतनालाई
र
रोज्छ
त्यसभित्रको मृत्यु ।
निसास्सियर
भिमसेन कागज च्यापी
मध्यपुर्वको धुपमा
मलायाको जङ्गलमा
विसाउछ वोझिलो भाटा ।
एउटा अन्त र सुरुवाती
सपनाहरुको ।
त्यसैले त
प्रत्येक रात
एस्ट्रेमा
मिचिइन्छ ठुटो
कोमल हातहरुले र
सङ्गै मिचिन्छ
सुन्दर सपनाहरु
एउटा मृत समाज र
निभेको फिलिङ्गो ।
एउटा मृत विवेक
मृत बुद्धि र सिद्धान्त
सपनाको ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)