~मिलन आचार्य~
त्यत्रो खुशी पनि चाहिएन तर कहिल्यै नरुवाओस्
नामले माम पाकेन उनी चाहन्छिन चूलो धु“वाओस्
बरु परेन भन्छिन् आकाशभरी फूल फूलाउन पनि
सपनाको महल पनि देख्दिनन् र भन्छिन् छानो नचुवाओस्
झुल्काउ“छिन घाम ओठमा डुब्ला अस्ताउ“ला पनि तर
कायर नबनोस् मेरो सिन्दुर भमरालाई रस नछुवाओस्
मिलन खुशी बाहेक चाह मिष्ठान्नमा पनि छैन भन्थिन्
आफू त जसै रात काटिन्छ, नरुवाओस् बचेरालाई चारो खुवाओस्
मिलन आचार्य
मंगलबारे–इलाम
(स्रोत : इलाम पोस्ट अन्लाइन)