~शान्ता नेपाली~
पुस महिनाको ठन्डी। झिसमिसे उज्यालो। एयरपोर्ट पुग्दा बिहानको सातमात्र बजेको थियो। अरू साथीहरूलाई खोजेँ। म नै पहिला पुगेछु। हामी लुक्ला जाँदै थियौं। पर्यटन वर्षको उद्घाटन गर्न आमदब्लम हिमालमा दीपप्रज्ज्वलन कार्यक्रम तय भएको थियो। त्यही कार्यक्रममा भाग लिन १० जना आरोही टोलीका साथ हामी केही पत्रकार त्यता लागेका थियौं।
लुक्ला भन्ने बित्तिकै एकपल्ट मुटु ढक्क फुल्यो। त्यहाँ मौसमको भर हुँदैन भनिन्थ्यो। आखिर त्यही भयो। फ्लाइट पछि सारियो। झन्डै १० बजेतिर मात्रै मौसममा सुधार आएपछि प्लेन उड्ने भयो।
लुक्लामा धेरै हवाई दुर्घटना भएका छन्। सबैभन्दा डरलाग्दो हवाई यात्राको रूपमा यसैलाई लिने गरिन्छ। त्यसैले पनि यति बिघ्न डर लाग्यो। प्लेनमा एक्लै भएँ। अरू साथीहरू अर्को प्लेनतिर लागे। मेरो प्लेनमा आरोही टोलीका तीन सदस्यमात्र थिए।
प्लेन चढ्ने बेला झन् डर लागेर आयो। ससाना शेर्पा भाइबहिनीसँग कुरा गर्दै डरलाई भुलाउने प्रयास गरेँ। मौसम पनि सफा थियो। त्यसैले डर थिएन। बाहिरका सुन्दर दृश्यमा रमाउँदै थिएँ, एक्कासी प्लेन हल्लियो। यतिजोडसँग हल्लियो कि ती भाइबहिनी आत्तिएर रुन थाले। कोही चाहिँ ‘ओम माने पेमे’ भन्दै प्रार्थना गर्दैथिए। मेरो भने सातोपुतलो उड्यो। प्लेन झन् उत्तानो होला जस्तो गरी ढल्मलाउँदै थियो।
दुई पाइलट कानेखुसी गर्न थाले, थरीथरीका बटन थिच्न थाले। तर पनि प्लेनको हालत सुध्रिएन। मैले पनि मनमनै भगवानलाई सम्झिएँ। अरूबेला भगवानमाथि विश्वास नगर्ने मान्छे, मर्छु भन्ने लागेपछि भने गुहार्न पुगेछु।जिन्दगीमा थुप्रै अनुभव नगरी मर्ने भइयो भन्ने चिन्ता लाग्यो। सोलुबाट फर्केपछि राम्रो रिपोर्ट बनाउँछु भन्ने थियो। त्यो पनि अधुरो रहने भयो।
मरिन्छ नै भन्ने लागेपछि एकपल्ट सबैको अनुहार हेरेँ। सबैका फोटो खिचेँ, अन्तिम पल्ट घरपरिवार, साथीभाइ, अफिस सम्झेर आँखा चिम्लिएँ। तर बिस्तारै प्लेनको कम्पन कम ह्रदै थियो तर अचानक प्लेनले फन्को मार्यो। सोचे,अबचाही साच्चिकै मर्ने भईयो, आन्द्रा बाहिर निस्केलाझैं पेट बटारियो। आँखा खोल्दा त लुक्ला एयरपोर्ट आइपुग्न लागेको रहेछ।
ल्यान्ड गर्न नसकेपछि प्लेनलाई एक फन्को घुमाइएको रहेछ। जे होस सुरक्षित अवतरण भयो। बल्ल चैनको सास फेरे। यस्तो भौगोलिक जटिलताका बावजुद आत्मविश्वास र धैर्यका साथ जहाजलाई सुरक्षित अवतरणगराउनु चानचुने थिएन। मैले ती पाइलटहरूको साहसलाई एकपल्ट सलाम गरेँ।
लुक्लादेखि आमदब्लम बेस क्याम्प हिँडेर पुग्नुथियो। त्यसैले समय खेर नफाली कम्मर कस्यौं। यति धेरै उचाइमा हामी पत्रकारको पहिलो यात्रा थियो। पहाडमा हिँडेजस्तो यहाँ हुँदैनथ्यो। टोलीमा एबिसी टेलिभिजनका लाला दाई , हिमालयन टेलिभिजनका साथी शिव, तराई टेलिभिजनका अमन अधिकारी, म र अन्य सहयोगी सहित ६ जना थियौ। आरोही टोलीका टिम लिडर पेम्बाछिरी शेर्पाले हामी सबैलाई कसरी हिँड्ने, हिँड्दा के के ध्यानदिने भनेर ब्रिफिङ गरे। सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका पेम्बाको ब्रिफिङपछि यात्रा सुरु भयो।
आरोही टोलीमा गिनिज बुकमा नाम लेखाइसकेका सगरमाथाका कान्छा आरोही तेम्बाछिरी शेर्पा, समावेशी महिला सगरमाथा आरोहण टोलीकी संयोजक सुस्मिता मास्के र नुवाङफुटी शेर्पा र अन्य शेर्पा साथीहरु पनि थिए।टोली पूर्ण सन्तुलित थियो।
टम्म ज्याकेट, हातमा लट्ठी, आँखामा कालो चश्मा भिरेका हामी निक्कै उत्साहित थियौं। साथीहरु अघि लागे ,पछि पछि थियौ म ,लाला दाई र शिव। बल्ल बल्ल त्यति नजिकबाट हिमाल देख्न पाएका हामी स्वर्ग पुगेजस्तोलाग्यो। घरीघरी हिमालको दृश्य हेर्दै मख्ख पर्दै, फोटो खिच्दै हामी अगाडी बढ्यौ। तर यसो अरु साथीहरुलाई हेरेको त उनीहरु भने डाडो काटीसकेका रहेछन्। त्यसपछि हामी पनि के कम भन्दै दौडन थाल्यौ। तर लुक्ला छाडेकोएक घन्टामै मेरो खुट्टा दुख्न थाल्यो। जुत्ता सानो भएछ। अगाडिको नङ ठोक्किएर हिँड्नै सकिनँ। सबैजना अगाडि पुगिसकेका थिए। पाइला चाल्नै मानेन। नया ज्त्ता लाउदै नलगाई सानो भएछ भनेर रीस पनि उठ्यो तरहिँड्नैपर्ने। बाँकीको ३ घन्टा जसोतसो घस्रिदै फाक्दिङ पुगियो। कतिखेर प्गेर ज्त्ता फाल्दिउ भएको थियो प्ग्नेवित्तिकै जुत्ता फुकालेर खोलातिर हुर्राइदिएँ। बल्ल खुट्टाले आराम पायो। पहिलो रात हामी फाक्दिगंमै बस्यौ।चिसो निक्कै थियो। हतार हतार आगो ताप्न अगेना तिर झ्म्मियौ। एकजना शेर्पा दाई कराउदै आईप्गे। ह्ईना यसरी आगो ताप्न हुँदैन्। उनले सबैलाई अगेनाबाट पर हटाउदै भने लेक लाग्यो भ्ने गाह्रो ह्न्छ। हामी पर परसय्रो। एक हारी आल् उसनिेर ल्याईदिए शेर्पा दाईले। न्न ख्र्सान िसंग सोलको आल्। वा क्या मिलेको। मिजासिला र ठट्टा गरीरहने शेर्पा दाईलाई हामीले नाम सोध्यौ। तर उनी त रहेछन क्षत्री पाण्डे। अनिल पाण्डे। पाण्डेदाईको घर त्यही रहेछ। फाक्दिगंको स्थानीय होटलमा खाना पकाउने काम गर्दा रहेछन। वर्षो भएछ फाक्दिगं बसेको। चिसो ठाउ र शेर्पा बस्तिमा घ्लमिल भईसकेका उनको गाला चिसोले रातै भईसकेका थिए भने आखा पनिचिम्सा चिम्सा। हेर्दा ठ्याक्कै शेर्पा जस्तो लाग्ने।फेरी बोली शेर्पाके जस्तो। हामी त एकछिन झ्क्कियौ पनि। वरीपरीको वातावरणले मान्छेलाई कत्ति धेरै परीवर्तन गर्दौ रहेछ भन्ने उदाहरण यी पाण्डे दाइलाई हेरे पुग्थ्यो।
अझै तीन दिन हिँड्नुथियो। त्यसैले म चाही अर्का शेर्पा साथी दाकिप्पा संग ज्त्ता किन्न लागे। ५ सयमा पाईने ज्त्तालाई फाक्दिगंमा १५ सय रुपैया लगाएर खुट्टाभन्दा लामो जुत्ता किनेर ल्याएँ, अनि त्यो रात ढुक्कले निदाएँ।
लेक लागेपछि सास फुल्यो
दोस्रो दिनको यात्रा नाम्चेसम्मको थियो। त्यहाँ पुग्न हामी जस्तालाई दिन भर लाग्ने टिम लिडर पेम्बाले बताए। ओहो दिनभर ? आत्तियौं। कसरी पुग्ने हो। हामी पत्रकार मुखामुख ग¥यौं। तर पुग्नु त थियो नै। त्यसैले हतारगर्दै नाम्चेतिर लम्कियौं। आज त ज्त्ताले द्खाएको पनि थिएन्। बेला बेलामा साथीहरुले १५ सयको ज्त्ता द्खेको छैन होला भनेर जिस्काउदै पनि थिए। ढाडमा खाद्यान्न लगायतका सामान चुली बनाएर हिँडेका चौरीहरू सँगसँगैहामी पनि उकालैउकालो हिँडिरह्यौं। लाला दाइको भ्डीले हिड्न डिस्र्टभ गरीरहेको थियो। म र शिव लाला दाई पर्खिदै विस्तारै विस्तारै हिड्यौ।
बल्ल बल्ल मन्जु भन्ने ठाउँ पुगियो। दिउँसोको खाना खायौं। फापरको ढिँडो, साग र टिमुरको अचार। भोकको सुरमा यति मिठो भयो कि थालमा ढिँडोको केही अंश पनि बाँकी रहेन। यात्राको मज्जा पनि यही हो। स्थानीयखाना होस् वा रहनसहन प्रत्यक्ष देख्न र महसुस गर्न पाइने।
ढिँडोले ताकत दिएपछि उकालो लगालग हिँड्यौ। बाटोमा ठूल्ठूला ढुंगामा कुँदिएका मानेहरू भेटिए। त्यसलाई दाहिने पारेर छिचोल्यौं। नाम्चेको आधा बाटो पनि पुगेका थिएनौं। लखतरान भयौं। तर पनि थकानलाई आँखैअगाडिका हिमालले मेटाइदिन्थ्यो।
सगरमाथा राष्ट्रिय निकुञ्ज बाटोमा पर्ने भएकोले विभिन्न पशुपन्छी देख्न पायौं। डाफे त कति हो कति। हिँड्दाहिँड्दै मेरो सास फुलेर आयो। स्वाँस्वाँ हुनथालेपछि हिँड्नै सकिनँ। थचक्क भुइँमा बसे, झन् सास बढ्यो। मलाईलेक लागेछ। लेक लाग्न नदिन बिस्तारै हिँड्नुपर्ने रहेछ र प्रशस्तै पानी पिउनु पर्ने। ल्क्लामा नेपाल माउन्टेनरीगं एसोसियसनका अध्यक्ष जिम्बा जाम्ब् ले भनेका थिए द्ईलिटर खाएर एकलिटर फ्याक्न्।तर भनेजस्तो ह्न्छर ?पानी त खाईया थ्यो तर जान्ने भएर छिटो छिटो हिडिएछ। तातो पानी खाएपछि केही कम भयो। लखतरान भएर बल्लतल्ल नाम्चे पुगियो। बिहान ६ बजेतिर हिँडेका हामी नाम्चे पुग्दा साँझको सात बज्न लागेको थियो।
३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे व्यावसायिक रूपले लुक्लापछि सोलुखुम्बुको दोस्रो ठूलो केन्द्रविन्दु हो। लुक्लाको तुलनामा नाम्चेमा पर्यटनका पुर्वाधारहरू धेरै रहेछन्। स्तरीय होटल, पब, रेस्टुरेस्ट, डिस्कोसबै छन्। रातमा पनि नाम्चेले युरोपको कुनै स्तरीय ठाउँको आभास दिलायो। पसलहरु पनि निक्कै राम्रा राम्रा। डाँडाको खोचमा रहेको यो सानो बस्तीमा काठ र ढुंगाले चिटिक्क पारेर घरहरू बनाइएका। काठमाडौंको पाँचतारेहोटलमा बस्नु र यहाको एउटा सामान्य होटलमा बस्नु उस्तै लाग्यो। सिजन नभउकाले नाम्चे केही स्नसान देखिन्थ्यो। अफ सिजनमा त्यका मानिसहरु घ्म्न लाई र व्यापारको लागि काठमाण्ड् ,तिब्बत र भारत लगायतकाठाउमा जाने गर्दा रहेछन्।
नाम्चेबाट बिहानको सूर्योदयसँगै सगरमाथा, ल्होत्से, थामसेर्कु र आमदब्लम हिमाल एकै साथ हेर्न सकिने रहेछ। त्यसैले टेलिभिजनका साथीहरु भने भोलिपल्ट बिहानै भ्य् पोईन्ट तिर लागेछन्।आफ्ले त थाहा पाईएन ,स्तेकोस्तै भईएछ। ७ बजेतिर उठेर नाम्चेमा एक फन्को मारीयो। हामीले जाडोमा लगाउने केही ल्गाफाटो किन्यौ। हिमालयन टेलिभिजनका साथी शिवले भने एउटा टोपि किनेछन् ,भालेको सिउर जस्तो।उनको नाम शिव बाट भालेभयो। उनी पनि के कम कराउन थाले कुखुरी काँ गर्दै।
आरोहीहरूले पर्खेनन्
नाम्चेमा एक दिन बिताएपछि पाङबोचे जाने तयारी चल्यो। सबैजना स्वस्थ थिए। त्यसैले बाँकी यात्रा अझ रमाइलो होला भन्ने लाग्यो। पाङबोचे पुग्न पनि एक दिन हिँड्नुपर्ने रहेछ। त्यसमाथि हामी हिमालतिर कहिल्यैनहिँडेका प¥यांै। आरोहण टोलीका सबैजना एकैछिनमा डाँडो काटिसकेका हुन्थे, हामी भने फेदमा घिस्रिरहेका हुन्थ्यौं। उनीहरू ओझेल परे, हामीलाई पर्खेनन्। त्यै पनि घिस्रिदै हिडेको हिड्यै गर्यौँ। तर जता हे¥यो त्यतैहिमाल देखेपछि वर्षौंदेखि हिमाल हेर्ने इच्छा पूरा भयो। बाटोमा एकजना वृद्ध सहयोगको बाकस लिएर बसिरहेका भेटिए। प्सको चिसोको पनि उनलाई क्नै पर्वाह थिएन्। त्यसरी सहयोग लिन्का कारण हामिले सोध्यौ।उनलेभने नाम्चेदेखि पाङबोचेको बाटो राम्रो थिएन्।क्रा प्रष्ट पार्दै भने बाटो हिड्नेहर कयौ लडेर मरे कोही घाइते भए।मैले देख्न सकिन।उनले थपे त्यहि भएर बाटो बनाउनका लागि तम्सिएको। त्यो बाटो हुँदै हिड्नेहरुले गरेकोसहयोगले आधा जति बाटो बनिसकेको रहेछ र बाकी जिविसको अन्दान बाट। यस्तो स्नेपछि बिना क्नै स्वार्थ लम्केका य िहातहरुलाई हामीले धन्यबाद दियौ र आफ्ले सक्ने सहयोग गरी अगाडी बढ्यौ।
आमदब्लम बेस क्याम्प गन्तव्य थियो। त्यसैले आमदब्लमलाई नजिकैबाट नियाल्ने रहर झन् झन् चुलिँदै थियो। बाटैभरि सेतै थुप्रिएका हिउँ, चारैतिर हिमाल, चौंरी र याकको ओहोरदोहोर अनि ससाना शेर्पा बस्तीले त्यतिलामो यात्रा रोचक बनेको थियो। लेक लाग्ने डरले हामी बिस्तारै हिँड्यौ। त्यसैले नाम्चेबाट पाङबोचे पुग्दा पूरै दिन कट्यो। आरोही साथीहरू भने पहिले नै पुगेर आराम गरिरहेका रहेछन्। भोलिपल्ट पनि पाङबोचेमै बस्ने टुंगोलाग्यो।
भोलिपल्ट हामीले होटलमै आराम गर्यौँ। हामी बसेको होटलमा काम गर्ने सबैजना महिला कर्मचारी थिए। त्यसरी उनीहरुलाई काम गरेको देख्दा निक्कै ख्सी लाग्यो। तर गाउमा काम गर्ने छोरा मान्छे रहेनछन्। भएकाहरुपनि सबै काममा बाहिरै हुँदा रहेछन्। त्यसैले सबै काम छोरी मान्छेले नै गर्दा रहेछन्।
कुहिरोले छोपियो सगरमाथा
हाम्रो यात्राको अन्तिम अर्थात पाँचौ दिन, आमदब्लम बेस क्याम्प पुग्दैथियौं। अघिल्लो दिन नै आरोही टोलीका एकदुईजना बाहेक सबै आमदब्लम बेस क्याम्प पुगिसकेका थिए। हामी पत्रकार टोली र पेम्बाछिरी शेर्पा मात्रैपाङबोचेमा थियौं। पाङबोचे पुग्न कम्तिमा ५ घन्टा लाग्ने पेम्बाले जानकारी दिए। छिट्टो हिँड्ने सल्लाह अनुसार हामी सबै उकालो लाग्यौं। नाक ठोक्किने उकालै उकालो हिँड्दै गर्दा सगरमाथा बल्लतल्ल देख्न पाइयो।छिनछिनमै मौसम परिवर्तन हुने भएकोले सगरमाथालाई कुहिरोले छोपिहाल्ने रहेछ। विश्वको सर्वोच्च शिखर सगरमाथालाई प्रत्यक्ष देख्न पाउँदा खुसीले मेरो आँसु छचल्कियो। एकछिन त्यहीँ बसेर सगरमाथालाईनियालिरह्यौँ। समय घर्किदै थियो। त्यसैले फेरि सुरु भयो लेफ्टराइट। झन्डै ६ घन्टा लागेछ बेस क्याम्प पुग्न तर हिँडेको पत्तै भएन। हिँड्दै जाँदा आमदब्लम झन् आँखै नजिक आइपुग्यो। खुसीले हामी चिच्चायौं र उफ्रिदै नाच्न थाल्यौं। बेस क्याम्पमा साना साना चिटिक्क परेका रंगीबिरंगी टेन्टमा बुरुक्क उफ्रिदै हामी टेन्टभित्र घुस्रियौँ। आमदब्लम नियाल्दै पाँच दिनको दुःख कष्ट हामीले चटक्कै बिर्स्यौँ।
(स्रोत : Mysansar.com)