कथा : के गल्ती भएकै हो त?

~अजबी राधा~

रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म प्रभातसँग बिहे नगर्ने निर्णय गरी ऊबाट स्वतन्त्र हुनुछ। र बाँकी जिन्दगीको यात्रामा एक्लै हिँड्नु छ। प्रभात – मैले सबैभन्दा बढी माया गर्ने पुरुषपात्र, बिगत ४ वर्षदेखि प्रेमसम्बन्ध चन्दैछ ऊसँग। दिउँसो ऊसँग भएको कुराकानी मेरा आँखा अगाडि नाचिरहेको छ।

प्रभात -निशा ! एउटा कुरा सोधुँ ?

निशा -सोध न कस्तो कुरा ? एउटा किन हजार प्रश्न सोध न ।

प्रभात-तिमीलाई म कस्तो लाग्छु ?

निशा -के के न होला भनेको त यस्तो कुरा – तिमी राम्रो छौ प्रभात, धेरै राम्रो छौ मेरो नजरमा संसारभरको सुन्दर मान्छे तिमी नै हौ। कुनै खोट छैन तिमीमा, मेरो प्यारो मान्छे ।

प्रभात -मलाई फुर्क्याएकी ! भो छोड यो कुरा, अँ भन न प्रेम के हो ?

निशा -हैन कस्तो प्रश्न गरेको तिमीले? प्रेम ? प्रेम ? अँ – प्रेम पवित्र अनुभूति हो, दुई मनको मात्रै सम्बन्ध हो। जुन सम्बन्ध सम्झौताद्वारा विवाहको बन्धनमा परिवर्तन गर्न पनि सकिन्छ। तर बन्धन पछाडि प्रेम हुन्छ नै म भन्दिन अझ भनौँ प्रभात प्रेम त एउटा सास्वत चीज हो जसलाई प्रमाणीकरण गर्न विवमहको जरुरी छैन।

तिमीलाई कस्तो लाग्छ र प्रभात ?

प्रभात -अरे के भनेकी निशा तिमीले ? बिहे नै नगर्ने हो भने प्रेम किन गर्न पर्‍यो र ? मन भित्रै भावनामा अडिने सुषुप्त प्रेमको अस्तित्व नै के छ र ? यो कुरा राम्ररी बुझ मैलै तिमीसंग गरेको प्रेम विवाहकै लागि हो।

निशा -मलाई लाग्छ प्रभात, विवाहले त प्रेमको एक खण्ड नै अन्त्य गरिदिन्छ, प्रेम र विवाह दुई अलग पाटा हुन्। म त तिमीलाई त्यस्तो प्रेम गर्छु र जुन कहिल्यै नमरोस् र विवाहमा पनि सीमित नहोस्। हामी बेग्लै बाँचौ तर अमुल्य प्रेमसंग बाचौ जसले एक अर्कालाई सदा सम्मान र सम्झना गर्न सकौ हुन्न र प्रभात ?

हो मेरो यहि निर्णयले गर्दा प्रभात मसंग झस्किएको थियो। लाख बिन्ति गर्दा पनि म बिहे गर्न नमानेपछि मेरो मामालाई लिएर मेरो घरमा आएको छ मेरो हात माग्नको लागि। आज रातभर सोचेर निर्णय गर्ने समय मिलेको छ मलाई।

म मनमनै कल्पन्छु के बास्तबमै प्रेम बिहे गर्नको लागि हो र ? अह कदापि हैन , प्रेम त पबित्र आस्था हो, जसलाई पुरा ब्याख्या गर्न शब्द नै भेटिदैन। आखिर प्रेम प्रभातसंग गरेकी छु भने बिहे उसंग किन सोच्न सक्दिन त ? किन ? प्रभात त मेरो मनको पुज्य आशनमा बसेको छ जसप्रति मेरो अगाध स्नेह छ। गहिरो आस्था छ, बेग्लै बिश्वास र सदा सम्मान छ। बिबिध स्वार्थ र जटिलतातर्फधकेलिने बिहेको सम्बन्ध स्थापना गरेर प्रभातप्रतिको मेरो बिश्वास अबस्य पनि घट्न दिन्न। म दुनियालाई देखाउन चाहन्छु की प्रेम संसारको सबैभन्दा पबित्र सम्बन्ध हो जसलाई सबैले स्विकार्न करै लागोस्। मलाई माफ गर प्रभात म तिम्रो जिन्दगीमा अटाउनै सक्दिन। तिमीले रोजेको खुशी पुगोस्, यहि कामना गर्छु। तथापि तिम्रो सुख र मेरो सुखको परिभाषा बीच अनन्त खाडल छ। साथमा तिमीले प्रेमलाई हर्ेर्ने नजर र मेरो बुझाई नितान्त बेग्लै छ।

जीवन एक यात्रा हो। यात्राका घुम्तिहरुमा अनेकौ अपरिचित आफन्त र सहयात्रीहरु आइदिन्छन्। सबै यात्रीहरु आफुले रोजेजस्तै र खोजेजस्तै कहाँ पाइन्छ र ? यहि विविध घटनाहरुबीच जीवन अनुभवको खानी बन्दोरहेछ। हो प्रभात तिमी मेरो जिन्दगीको सबैभन्दा नजिकको मान्छे हौ तर नजिक हुदाहुदै पनि तिमीले चाहे जस्तो नाता जोड्न सक्दिन र केही प्राप्तिको आशक्तिले फगतको साइनो कस्न पनि चाहन्न। फलस्वरुप तिमीलाई आफ्नो पनि भन्दिन।

जुन मान्छेप्रति प्रेम छ, अनुराग छ त्यो मान्छेप्रति मनमा श्रद्धाको केहि पबित्र अंश बाँकी हुनु पक्कै पनि स्वभाविक प्रक्रिया हो। अतः तिमीसंगको सम्बन्ध मेरो जीन्दगीको अनुपम संयोग हो। जुन सम्झदा पनि सुमधुर सुख उत्पन्न हुन्छ म भित्र। म यहि अनुभब र सुखको लागी पे्रम चाहन्थे तर तिमी त मलाई विवाहको बन्धनभित्र कस्न खोज्दा रहेछौ जुन मलाई स्विकार्य थिएन, जहाँ त्रि्रा निम्ति म सारा जिन्दगी त्याग गरु ? तिम्रो र तिमो परिवारको खुशीको लागि आफ्ना हाँसो र खुशी मनभित्र कैद गरेर म बाचिरहु ? तिमो प्रगति र उन्नतिका खातिर म भित्रको म गुमाएर तिम्रा अघि र पछि म खडा भै रहुँ ? म हैन – तिमीलाई आवश्यक पर्दा सुन्दरताकी खानी र कोठाकी रानी बनेर सदा तिम्रो सेवा गरुँ ? कृत्रिमता र आधुनिकतालाई आफ्नो र्सवस्व ठान्दै त्रि्रै परिवारभित्र हर्राईरहु म ?

मलाई थाहा छ जिन्दगी सम्झौता हो, अह म सँक्िदन त्यस्तो सम्झौता गर्न जसले मलाई प्रत्येक पल पोलिरहन्छ। मेरो आस्था र बिश्वास, मेरो प्रेम प्रत्येक पल डगमगाइरहन्छ त म बिहे किन गरु तिमीसंग ?

बिहे पछाडि प्रेम हुदैन त भन्दिन म तर बिहे यस्तो सम्बन्ध हो जहाँ सिर्जना फुल्छ , सृष्टिको नियम निरन्तर चल्छ, प्रेम भन्दा नि दायित्व र जिम्मेवारी ले बढी बाँधेको हुन्छ। आर्कषणले उत्पन्न गराएको समायोजनलाई म प्रेम भन्दिन प्रभात। हो यसैले म तिमी भन्दा नितान्त बेग्लै छु।

यतिबेला रातको २ बज्यो, आजको पुरा दिन सोचाइमा नै बित्ने भो, आँखामा न्रि्राको लेस पटक्कै छैन। भाबना कल्पना अनि जिन्दगीको सोचाईमा नै आज मन छट्पटिएको छ। के गरु के नगरु समय दोधारमा बितिरहेको छ। समयको प्रत्येक पल मेरा लागि आज अत्यन्तै महत्पर्ूण्ा छन्। भोलिको सुनौलो बिहानीमा म मेरो निर्णय मामा र प्रभातलाई सुनाउनु छ। मेरो सकारात्मक निर्णयको प्रतिक्षामा मामा र प्रभात मेरो घरमा आशन जमाएका छन्। मैले बिहे गर्ने स्विकृति दिए भने भोलिबाट मेरो घरमा चहलपहल बढ्नेछ। मलाई पढाएर राम्रो गरेकोमा मेरो आफन्तबाट मेरा परिबार प्रशंसित हुनेछन। यसको बिपरित म प्रभातसंग बिहे नगर्ने निर्णय गरेँ भने सबैले मलाई धिक्कार्नेछन्। प्रभातसंग प्रेम गरेर बिहे नगरि धोका दिएकोमा मेरो इज्जत माटोमा बिलाउनेछ। रातदिन दुःखसँगै कमाएको र्सर्टिफिकेटमा कालो धब्बा लाग्नेछ। परिबारको कुरा नमानेकोमा म जिद्दि, अटेरी र बाँचेर पनि मरेतुल्य बन्नेछु। आमा र बुवाको अगाडी कलंकित छोरी बन्नेछु। सारा परिबार मेरो र प्रभातको बिहे भएको देख्न चाहन्छन् ? ल भन्नुस् त साथी म के गरुँ ?

मलाई बिहे गरेर घरजम बसाउने मन पट्टक्कै छैन। बिबाहित साथीहरुको बिचल्ली देख्दा एक्लो जीवनको र्सार्थकता देख्छु अचेल। जे जसरी बाँचे पनि जीवन आफ्ना लागी हो। म खुसीको लागी दौडिएकी छु भने सुखको प्राप्तिमा किन रमाउं ?

हो मैले यो निर्णय गर्नैपर्छ म बिहे कदापी गर्दिन।

चिसो बतासले शरिरमा स्फूर्ति जगाउदै नयाँ जोश र जागर संगै शुरु हुने मेरो हरेक बिहानी आज भने अलि भिन्न छ। शरिरमा कुनै जोश छैन, के हराए, के बिराए अब के हुने हो भन्ने कल्पनामा हराउदैमा म ब्यस्त छु।

गुड मर्निङ हसिलो बोलीमा प्रभातको बाक्य थियो यो। मामा, प्रभात र म एउटै टेबुलमा चिया पिउँदै छौँ। मामा र प्रभात राति देखेको सुन्दर सपनाको कुरा गदै हुनुहुन्छ। प्रभात घरिघरि चोर आँखाले मलाई हेर्दै छ। सायद सोचेको होला भावी जीवन संगिनी किन मौन छ भनेर ? मसँग जीवन बिताउने सुन्दर कल्पनामा रमाउँदै पनि छ होला। तर म भने अत्तालिएकी छु। शरीर थर्थराइरहेको छ। साँच्चिकै कठिन मोड आएको छ मेरो जीवनमा, प्रभातलाई हेर्छु सुमधुर मुस्कान छर्छ ऊ। मलाई असैह्य हुन्छ ? त्यहाँबाट उठ्न खोज्छु, यतिबेलासम्म चुप बस्नुभएको मामा ले वचन छोड्नुभयो ?

भान्जी के भयो ? किन उठ्न खोज्नुभएको ? रातभरिमा के निर्णय गर्नुभयो ? अब बिहे पनि गर्ने कि यसरी नै हिँड्ने मात्र ?

अचानक मामाको यो प्रश्नले कोठामा जान थालेकी म थचक्कै बसे। निकै जिज्ञासु नजरले मामा मलाई हेदै हुनुहुन्छ, कत्ति माया गर्ने मामा ! अनि सदा प्रत्येक पाइलामा सहयोग गर्ने प्रभात, आखिर मैले बिहे गर्न किन चाहन्न त ? एक मनले सोच्यो निशा कमजोर नबन, तेरो परीक्षाको अन्तिम घडी आइपुग्यो – – खुरुक्क निर्णय बताएर बाटो लाग।

मामा माफ गर्नुहोला, म बिहेको सम्बन्धप्रति सकारात्मक हुन सकेकी छैन, हो म प्रभातलाई अत्यन्तै माया गर्छु र यो सम्बन्ध यसै चलोस् भन्ने मेरो अपेक्षा हो। फेरि बिहे नगर्दैमा प्रेम सकिने पनि त हैन , जीवनभर बन्धनबीनाको खुशी संगै बाँच्ने मात्रै मेरो चाहना हो मामा, एक्लो जीवनको र्सार्थकता खोज्ने एउटा मौका फेरि मलाई दिनुहुन्न र मामा ?

के भन्दैछौ निशा- प्रभातको प्रश्न

अब भने मामा र प्रभातको प्रतिक्रिया र प्रश्न सुन्न सक्ने अबस्था गुमिसकेको छ मेरो। धर्ैयले सीमा नाघ्दैछ। भूँइतिर हेर्दै यति बोल्छु – -सक्छौ भने माफी दिनु प्रभात, म तिम्रो दुःख बुझ्छु तर हाम्रो पबित्र प्रेमलाई विवाहको बन्धनमा कोचेर आफुलाई अस्तित्वहीन बनाउन चाहन्न। एकअर्काको अभाबमा भाबनाको सामिप्यता अझ बढ्नेछ प्रभात। हो म तिमीलाई धेरै माया गर्छु तर भावनाको समर्पणमा शरिरको बलिदानी दिन कदापि तयार छैन।

प्रेम जीबनमा एउटासंग मात्र गरिन्छ, मेरो सारा जीबनमा तिमीलाई हृदयदेखि नै प्रेम गर्ने सु-अबसर भेटे, यो आजन्म रहिरहने छ। मलाई खुशी देख्न चाहन्छौ भने कुनै सुन्दरी युवती खोजेर विवाह गर्नु, भलाई यसैमा छ प्रभात। मेरो भन्नु यत्ति नै हो, लौ त म मेरो खुसीको लागि लाग्छु।

मामाको अनुहार गम्भिर देखिन्थ्यो – – – प्रभातको आखामा अँाशु टिल्पीर्राईरहेको थियो। म गह्रौ मन लिएर बिस्तारै पाइला चाल्छु। मनभरि अनुत्तरित प्रश्न बोक्दै , , ,
प्रभात बिस्तारै बोल्छ – – निशा जाँदाजाँदै यो पनि बुझ जबसम्म तिमी बिहे गर्दिनौ म आजन्म बिहे गर्दिनँ।

१. के यो निर्णय मेरो गल्ति भाकै हो र ?
२ प्रेम सफलताको आधार बिहे हो ?
३ मान्छे सुख चाहन्छ कि खुशी ?

June 20th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.