~तीर्थ संगम राई~
ढाट्नै ढाटि उर्फ !! निर्मोहीले आँशु पिउँदै बसी राछु ।
घाडो भयो है आफ्नै जीवन तारे भीरबाट खसी राछु ॥
सँग सँगै भङ्गालोमा छलाङ्ग मार्दै तर्छु भन्थ्यौं खोलाहरु ।
छुटाई दियौ हातहरु डुबुल्किन्दै एक्लै म त बगी राछु ॥
घिड् घिडो भई कति बाँचु उडि जाओस यो चोलाबरु ।
प्रेमको पीडा भुल्न गोमन बनि आफुलाई डसी राछु ॥
छाट्नै छाटि मन पनि बहकाउँदै मलाई दिई धोकाहरु ।
हुस्सु म पनि गज्याङ्गा्रे रैछु त्यहि जालमा फसी राछु ॥
जन्म जन्म साथ दिन्छु भन्नेले नै थुने दिलको ढोकाहरु ।
विश्वासघातको डोरी बाटी म आफ्नै घाटि कसी राछु ॥
~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)