कविता : प्रिय

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

जाने भए जाउ तिमी म देखि टाँढा,
म तिम्रो सपनासंग बाँच्नेछु प्रिय।

मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि,
ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय।

अनि मलाई हेर्न नचाहने द्रिस्ती ओझेलमा परे पनि,
भित्रि चक्षुमा त म छु नै प्रिय।

त्यसैले त तिमी मलाई पागल-प्रेमी भन्छौ होला प्रिय,
र मलाई अहिले आफ्नो नाम भन्दा त्यहि प्यारो लाग्छ ।

अप्रील 9, 2008

(Source : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.