कविता : म आतंकवादी

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

मेरो मस्तिष्कको आगनमा
भावनाका च्याङ्बा र मैचाङहरू
भौतिकताको ठटाउँदै
डम्फु र मादल
सेलोमा आडम्बरको
नाचिरहन्छन हमेसा

निमन्त्रणा आउँछ मलाई
त्यो नृत्यमा भाग लिन
धन्यवाद ज्ञापन गरी
गर्दै सेलोको मेरो
अनभिज्ञता प्रकट
अनंगीकार गर्छु

उनीहरू देखी मेरो दरिद्रता
गिज्याउँदै गिरफ्तार गर्न
खोज्छन मलाई
अवाक हुन्छु म धेरै बेर
जब मेरो मौनताको
लाभ लुट्न खोजिन्छ
मेरो आँखाबाट फिलुङगा छुट्छ
म आतंकवादको शरणार्थी हुन्छु
म यिनीहरूको बिभत्स,
पाशविक हत्या गर्छु

कतैबाट
कसैबाट
यसको भत्सर्ना हुँदैन
लस्कर ए तोइबकी आमा
हफिज देखी
अलकायदाका पिता
लादेन सम्म मेरै
शाखा सन्तान हुन्
यद्यपि मेरो नाम
रेड कर्नर नोटिसको
तपसीलमा छैन
इन्टरपोलले मलाई
किन चिन्दैन ?

८ अगस्ट २००९, एड्लेड

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.