पुस्कर लोहनीका ४ हाइकुहरु

~पुस्कर लोहनी~Pushkar Lohani

हरेक पल्ट
रात रोएको सुन्छु
इनार भित्र

सपना लाग्यो
तिमीलाई पिउँदा
रित्तो कचौरा

भोग दिएको
भुइँभरि रगत
जिउदो बलि

कसैले टिप्ला
कुर्दा कुर्दा हैरान
आफै झरेछु

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.