कविता : म चाहन्छु !

~शिरिष पराजुली~Shirish Parajuli

म चाहन्छु,
वैभव यश आराम
जीवनको सम्पूर्ण परिभाषा
अर्थ भित्रको अर्थ

मूल्य र मान्यता
केवल भानमा सिमित रहेछन्
अनि रहन्छ खोक्रो अस्तित्व
देश संग सामन्जस्यता

म चाहन्छु,
मातृत्व र भातृत्वको प्रभात
यही धर्तीको सुवास
अनि सुवास भित्र
विकास र उधम

गुन्जाएस छैन कुनै
म मख्ख छु आफैमा
आश्रित देश
परजीवि अनुहार

म चाहन्छु,
फूल फूलाउने पाखा
दु:ख भुलाउने भाखा
अनि कुरीति
आफै बिलिन हुनेछ
पर्ख मात्रै समय कुर्नु को धेर छ ॥

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.