कविता : जोगाऔं मातृभूमि

~गोपीकृष्ण खनाल~

सुन सुन दाजु भाइ म केही भन्छु ,
जालि र फटाहाको फट्यायीँ कहन्छु ।
पाटी नेता सबै मिली ब्रम्हलुट गर्छन्,
जनताले दुःख पोखे उनै अाँखा तर्छन् ।।१।।

कानुन र नियम जति पाखा लगाई दिए,
घुसखोरी र चाप्लुसीलाई काखी च्यापी लिए ।
जनता छन् भोकै नाङ्गै नेता महलमा,
कस्ता दिन आए प्रभू फस्याँै दल्दलमा ।।२।।

गरिबलाई उकासेर गणतन्त्र ल्याए,
जनताको नाम बेची विदेशी हत्याए ।
अनुदानको रकमले कति मोज गर्छौ,
सबै जनता मिल्यौँ भने तिमी आफै मर्छौ ।।३।।

नेता भयौ बाँदर जस्ता आफैं भुँडी भर्ने,
दुःखी जनता सधैँभरि अन्यायमा पर्ने ।
गाँस, बास, कपासको नारा मात्रै दियौ,
धर्म, कर्म न्याय निसाव सबै त्यागिदियौ ।।४।।

इतिहासका पाना जति आफैं मेटाई सक्यौ,
जनतालाई ऋण बोकाई आपैmं मात्रै खान्छौ ।
पाटी नेता सधैँ जुध्छौ साँडे गोरु जस्तै,
देश र जनता डुवाइ सक्योै नाउ डुबे जस्तै ।।५।।

लुट्ने नेता राजधानीमा फटाहा जति गाउँमा,
ठुटे जति चन्दा माग्छन् पाटीका नाउँमा ।
नदिएमा ज्यानै मार्ने धम्की दह्रो दिन्छन्,
ज्यान आफ्नो जोगाउन नजराना तिर्छन् ।।६।।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.