कविता : के नै लछार्यो ?

~झग्गुराम झर्बरासी~

त्यतिका मान्छे आन्दोलनमा मारेर
के नै पो लछा¥यो खै ?
जब कि अनियन्त्रित महँगीको मारमा
जनता परिरहेछन्
भविष्य अनिश्चित देखिरहेछन्

कविहरुले सडकमा
वेद पाठ गर्दैमा
के नै पो लछार्यो खै ?
जब कि हुल्याहा र फटाहाले
रजाइँ यत्रतत्र गरिरहेछन्

प्रगतिशील भनाइँदो सिद्धान्त
पार्टीले अनुशरण गरेर मात्र
के नै लछा¥यो खै ?

जब कि रात र दिनको
दन्तबझाइमा
दुनियाँ रुमलिइरहेछन् ।

भित्री नियत सफा नभएपछि
कुनै पनि काम सार्थक हुँदोरहेनछ
स्थिति सुधारको बाचाले पनि
केही काम दिँदो रहेनछ
जबकि हर विश्वासमा
देशबासीले धोका पाइरहेछन्

यसैले बाध्य भएर
भन्नु परेको छ हामीले
यहीँ हर कुरा स्वाँग भएर आउँछ
छट्टुहरुको क्रियाकलाप,
भ्वाङ भएर बिलाउँछ

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.