गजल : कविले….

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

विचारको खेती थालेछ कविले
अक्षरको माहुरी पालेछ कविले

छाडेर चहार्न अब मठ-मन्दिर
कस्तो यो क़दम चालेछ कविले

किनेछ फेरि अर्कों नयाँ किताब
पुरानो कोट त्यो टालेछ कविले

के सोचेर कविलाई दिएको इनाम
के सोचेर इनाम फालेछ कविले

राख्तो रै’नछ धेरै अतीत – मोह
जीर्ण परम्परा ‘नि ढालेछ कविले

उज्यालो हेर्न त्यो पुरै बस्ती
घर आफनो बालेछ कविले

बाँकी छदैं खेल्न अन्तिम दृश्य
पर्दा खसाई हालेछ कविले ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.