~त्रिशंकु~
स्थिति खलबलिई नै रहेको कुरा
बताइन्छ अहिले
एउटाले अर्कोलाई छकाउन खोज्दा
एउटाले अर्कोलाई रिंगाउन खोज्दा
मति अलमलिई नै रहेको कुरा
सुनाइन्छ अहिले ।
अर्काको सापटी सिद्धान्त अँगाल्दा
आफ्नोपनलाई बिर्सेर अफाल्दा
गति ढलपलिई नै रहेको कुरा
ठहराइन्छ अहिले ।
स्वदेश हित चिन्तनमा लाग्नुको साटो
निहित स्वार्थले गराइँदा फाटो
क्षति धेरै नै हुन गएको कुरा
औंल्याइन्छ अहिले ।
(स्रोत : श्री रुपरेखा)
