~दाताराम चापागाईँ~
मेरो बारे उनले सोधे मर्यो भन्दिनू
मर्ने बेला तिम्रो खोजी गर्यो भन्दिनू
फूलसँग काँडा कहाँ बस्न सुहाउँछ र
नसुहाएरै पनि होला झर्यो भन्दिनू
छाडिजाने निर्मोहीलाई सम्झी सम्झी रूँदै
माया मार्ने निष्ठुरीलाई सम्झी सम्झी रूँदै
हिक्क हिक्क सास उसको सर्यो भन्दिनू
शब्द: दाताराम चापागाईँ
संगित र स्वर: शिव परियार