कविता : मेरी गॉऊकी ठुली

~विनय गौतम~Binay Gautam

मेरो गॉउको सम्झनामा हराएकी ठुली
मलाई गॉउको खबर सोध्छे।
गॉउमा बालाई कस्तो छ?
आमा आरामै हो?
अनि चौतारीको पिपल ?
पंधेरामा पानी?
हामीले पढेको स्कुल?
बाटाका छेऊमा गाडेका बिजुलीका पोल?
म स्तब्ध हुन्छु।
के जवाफ दिऊं,
सत्य सधै सत्य हुन्छ।
किन नभन्नु र ठुलीलाई
भनिदिए।
अस्तीको भुईचालोले तिम्रो बाको
दुवै खुट्टा र कम्मर भाचियो,
आमालाई दम र क्यान्सरले गलायो।
घर भत्किएर गोठमा बास
न राहत पुगो तिम्रा घर न दवाई
तिम्रा बाको राहत कालेले खाईदेछ
आमाको औषधी अन्तै बिक्री भएछ।
पंधेरामा पानी सुकेको बर्ष भईसको
बिजुलीका पोल छन्,
बिना ऊज्यालो मिटरको पैसो तिर्या छ।
के छ र भन्नु ठुली
खाना पकाउने केही नभएर
चौतारीको वर पिपल त सकियो ,
स्कुल छ मास्टर आउदैनन्
महिनौदेखि स्कुल बन्द छ।
गाऊसम्म आउने भनेको बस
ग्यारेजमा बनेकै छैन रे।
अरु के सुनाऊ ठुली
म आफै बेखबर भईसके,
जे भो राम्रै भो ठुली
तिमी त ठुलो देशमा छौ।
तेहा त
वत्ति,पानी,अस्पताल
स्कुल बाटो
औषधी,खाना
केही अभाव त छैन नी?
ठुली अलमल पर्छे।
हो सबै छन्
भौतिक जिवन स्वर्ग जस्तै छ,
तर म,
मान्छेहरुको भिडमा एक्लो छु
ठुला ठुला शहरहरुमा
मेरो घर हराएको छ।
ग्यास र पानी,
बिजुली वत्ति
र बाटो
कसैलाई अभाव र सागुरो छैन,
मसंग सबैथोक छ
र पनि रित्तो छु।
एक्लो छु।
यो भन्दा त मलाई
मेरो गाऊको अन्ध्यरो रात,
सुकेका जरुवा,
नासिएका चौतारी,
मास्टरविनाका स्कुल,
उपयोग नगरी तिरेका विल
र कसैले कसैलाई
नसुन्ने राजनैतिक चलन नै
मन पर्छ।
खै, तर सबैले भन्ने गरेको सुन्छु,
एक दिन
मेरो गॉऊ पनि
न्यूयोर्क,सिड्नी ,
कोपनहेगन र ज्यूरिक बन्दैछ रे।
नभए पनि
मसंग मेरो इतिहास छ
सगरमाथा,नदिनाला
र सयौ प्रजाती पशुपंक्षी छन्
म त ठुली एसै पनि ठुली
ऊसै पनि ठुली
विदेशमा हराएकी गाऊकी ठुली।

विनय गौतम
टोरोन्टो,क्यानडा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.