~शुभ बोहोरा~
हरामहरुको रजाइँ चलेको बेला
रामको ‘नाउ’ बेकार छ
बर्बरहरुको कजाइँ चलेको स्थानमा
बुद्धको उपदेश बेकार छ
विवेकहीनको मनपरी गराइमा
शिवको चेत बेकार छ ।
यहाँ जुनसुकै वादको पनि
नक्कल मात्र गरी
त्यसलाई महत्वहीन बनाइन्छ
हुलदुंगेहरु समेत क्रान्तिकारी
ठहराइएको स्थितिमा
सुधारको आशा भरोसा बेकार छ ।
गरी दलाली अन्यत्रकै
नेता भनाउन खोज्नेबाट
नव युग चाहनु बेकार छ
मुख्यतः यस्ताहरुको नीति
भजमने चाल नै देखिन्छ
बठयाइँ फट्याइँ वर्तनेबाट
जागृति खोज्नु बेकार छ ।
(स्रोत : श्री रुपरेखा)