~पदम भण्डारी~
न आँफैले जानी उसले, न भनेको टेरी
हात लाग्यो शुन्य भयो, न तेरी न मेरी
संगै पढ्थी दश कक्षाको, जाँच दिंदा खेरी
राख़्न सकिएन उसलाई, मायाजालले बेरी
आफ्नो आफ्नो बाटो लाईयो, जाँच सकिए पछि
भेट भएको छैन कैहिल्यै, त्यसपछि फेरी
मेरो उमेर भन्दा थोरै, बढी थियो उसको
भन्न सकिएन उसलाई, तैं होस प्यारी मेरी
केटी थोरै काली थिई, एउटा आँखा डेरी
काट्न सकिएन प्वाँख, उडि गई भंगेरी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )