कविता : धेरै बेश

~विचित्र मुल्मी~

मीठो मसिनो कुरा बकेर
राष्ट्रिय व्यक्तित्व कहाइनुभन्दा
विकार र विकृति विरुद्ध लडेर
अप्रिय व्यक्ति भनाइनु नै
अहिलेका लागि धेरै बेस ।

तारिफजीवी त यहाँ
निकै नै देखिन आउँछन्
शण्ड मुशण्ड बनी जो देखाप-यो
उसको महिमा गान गरी
श्रेय कमाउनेहरुपनि पाइन्छन्

इस्ता महिमागानी भन्दा
ब्रु नादानी स्वीकारेर
पर्दाफास गर्नेहरु नै
अहिलेको लागि धेरै बेस ।

अन्याय र दुराचारले पीडित
जनसमूह देख्दादेख्दै
शुभ भविष्यको संकेत बताउने
लुच्चा र फटाहाभन्दा
छिचरा अर्घेले बन्नु नै
अहिलेका लागि धेरै बेस ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.