~विनय गौतम~
मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई
उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो।
विहान उठनेबितिकै हिमाल देख्न पाईयोस
……………….
विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको पहिलो रातको विहान।सधै मलाई १५/२० मिनट लाग्ने,आज के भएर हो थाहा भएन वाथरुममा म छिरेको १ घन्टा भईसकेछ। सुगन्धाको आवाजले मलाई झसंग बनायो। मेरी एकमात्र बहिनी। चियाको लागि मलाई खोजेकी रहिछ।सुगन्धाले मलाई चिया दिएर अनुहार नहेरी बाहिर गई।आज ऊसको फरक स्वभाव मलाई अचम्म लाग्यो।हुन त छोरी मान्छे लजालु प्रविर्तीका हुन्छन्।ऊ पनि त भरखर १२ कक्षा सकेर स्नातकका लागि मनोविज्ञान बिषय पढन विराटनगर महेन्द्र मोरंग क्याम्पस भर्ना भएकी थिई।ऊसको रोजाईको बिषय र विहानको चियाको समयमा ऊसको लजालुपन मलाई प्रयोगात्मक लाग्यो।चिया पिईसकेछु। खालि कपको सुरुप्प ले मलाई झसंग बनायो।समिर दादाले मलाई गीत कस्तो लाग्यो भनेर सोध्दा मेरो अनुहार राता पाकेको टमाटर जस्तोभयो भनेर मैले एेना हेरिरहनु परेन।समिर दाले फेरि थप्नु भयो विहेको भोलि पल्ट त एस्तो रातो अनुहार वनाउनेले खै के गर्ला र।म अवाक भए।समिर दा छिमेकी दाई भए पनि मलाई आफ्नै जस्तो लाग्ने भएकोले म दादा नै भन्छु।मेरा अगाडी समिर दाले विशाल प्रश्न राखिदिनु भयो।
मैले कसैलाई सोध्ने अॉट गर्न सकिन,कस्ले विहानै मेरै वेडरुममाआएर कानमा गुनगुनायो।स्वर मसिनो, मलिन र मिठास थियो। के सुगन्धा? होईन।बहिनीले त यत्रो अॉट नगर्न पर्ने।मलाई अति आदर गर्छे।के समिर दादा? होईन । उहाको स्वर त टपरामा पानी खन्याए जस्तो छ। के मेरै प्यरी ?होईन।उनी त हिजो मात्र आफ्नो जन्मघर छाडेर जम्मा ३/४ पटक भेट भएको मान्छे संग बाकी जीवनका लागि आएकी थिईन्। विहेको भोलिपल्ट नै त उनलाई अफ्टेरो हुन पर्ने।म वैठक कोठाबाट उठेर बाहिर वाटोत्तिर निस्के।दश बजिसकेको रहेछ।मदन भेट हुनेबित्तिकै आफ्नो लागेको बानि देखाईहाल्यो’काजिसाप गुडमर्निंग ह्वाट्स अप? ‘। उसलाई अंग्रेजी बोल्दा ठुलो भईन्छ भन्ने लाग्थयो सानै छदादेखि।मलाई गाऊमा सवैले काजिसाप भन्छन्। क्षत्रीको छोरो भएकोले सायद काजिसाप भनेका होलान्।मैले पनि ठिकै छ भनेर फटाफट पाईलाको गति तिब्र बनाउन लागेको थिए।मदनले अर्को तिर छाडयो”रमाईलो लाग्यो होला है? दिस ईद लाईफ, यु नो?”मैले कुरो वुझिन। के विवाह गर्नु नै पुर्ण जिवन हो त?कि मदनले मलाई मधुमासको रातलाई व्यंग गरेको हो?मदन अघि पर पुगिसक्या रछ। यदि विवाहको पहिलो रातका लागि मदनको जिज्ञासा हो भने म विवाह अघि नै भर्जिनिटी टुक्राईसकेको काजि परें।यसमा मेरो कुनै भुमिका थिएन। हो विराटनगर पढन वस्दा ३/४ वटी सुकन्याहरुले ठुलो संघर्षका साथ मलाई विवाह अधि नै कुमार रहन दिएनन्।
पुन मलाई समिर दाको कुरो ले विहानको गितको स्वर प्रति केन्द्रित गर्यो। को थिईन?मेरो वेडरुममा मधुमासको विहान ?मेरा परिवार बाहेक को हुन सक्छ?आमाले आफ्नो पुराना दिन सम्झेर मलाई यसो रमाईलो गराईवक्या हो कि? हुन पनि हामी आमा छोरा साथी जस्तै छौं।तर होईन ।आमा त बिहानै योगाका लागि तल वरपिपल चौतारी गईस्या थियो त।यतिकैमा मैले राजु माथिबाट मतिर आईरहेको देखें।अब यसले पनि मेरो दिमाग खाने होला भन्ने लागेर ओझेल हुन खोजें।देखि त हालो।ऊ र म सानै देखिको सहपाठी।दुवईबाट हातपाखुरा बजारेर ल्याएको पैसाले गाऊमै किराना पसल चलाको छ ।हिजो जन्तमा सवैभन्दा बढी राजु नै नाच्याथ्यो।किन ननाचोस पनि। बिहानै जन्त जानेबेलामा सोमरस भ्याईहालेछ। राजुले पनि थपिहालो”ए केटा के हो ? अॉखा त पुरै भासिएछन त? विहेको पहिलो रात न परो?”म मुसुस्क हॉसें। मैले नि भनिहाले “राजु,तैले आफ्नै बिहेको रात जस्तै सबैलाई सम्झन्छस है?”राजु ठुलो जीउडाल को लक्का हट्टाकट्टा केटो, करातेको खेलाडी पनि। राजुले थप्यो”जीवनमा बिहे एकपटक गरिन्छ अनि बिहेको मधुमासको पहिलो रात ,त्यहीदिन मात्र हुन्छ,मौका गुमाईस कि कसो? ” मलाई उसको कुरोले चसक्क हान्यो।एक तरिकाले राजु सहि थियो।सबैले मधुमासको कुरा गर्छन।के यो बिहेकै रात हो र?होईन नि।बुझाईमा फरक रछ।मधुमाष त बिहेको २५ बर्ष पछि पनि मनाउन सकिन्छ। साथीभाई बिच रमाईलो का लागि बिहेकै रातलाई मधुमाष भन्ने गरिएको रहेछ।म त बिहेको दैडधुप र बिहेको दिनको तराईको गर्मिले थाकेको थिएं।खाना पनि राम्ररी खाएको थिईन।अनि अॉखा किन नभासिउन त।हिजो राती बेहुली भित्र्याउने कार्यक्रम सकिएपछि मेरा गंगटा र माछा मार्ने ,गुच्चा र ढ्याक खेल्दाका सबै साथीहरु राजु लगायत मोहन,रेशम,भिमे र दिपकले बिबाहको उपहार भन्दै एउटा बक्स थमाएका थिए। उपहार के छ भनेर मैले सोच्नै परेन।चलेको चलन।म पनि दिपकको बिहेमा जादा सबै मिलेर त्यही उपहार थमाएका थियौं।परिवार नियोजनको साधन।पैंचो तिरे केटाहरुले।भिमे पनि बाटो मै भेट भयो । सोध्हाल्यो”केटा बेलुकाको उपहार कतिवटा खर्च गरिस? गॉऊमा बसुन्जेललाई देका हौ नि,पुर्याएर चला नि।”भिमे बिचरा अलि सोझो छ।कुरो फुत्काइहालो।मैले पनि ठुलो पारामा जवाफ दिइहाले “काम छैन अझै साना केटाकेटी जस्तो गर्छौ है, ल भन त भिमे उपहारको योजना कस्को थियो?”मलाई त थाहै थियो। यस्तो काम रोहित कै हुनपर्छ।”भिमे! आज बिहान मेरो कोठामा कसलाई पठाका थियौ?” भिमेले पनि भन्न चाहेन तर उसको अनुहारले केटाहरुकै योजना रहेछ भन्ने मैले बुझिहाले।
उमेरसंगै शारिरिक विकासले मानिसको स्वभाब र ब्यबहारमा परिवर्तन ल्याउछ।मेरो पनि त उमेर खासै भएकै होईन नि । युवा अवस्थाको शुरुवातको महशुस गरिरहेको बेला मै बैबाहिक जीवनमा रुपान्तरण भएको थिएं।हामी साथिहरु सबै २४/२५ बर्षका त हौ।उमेर नै सबै थोक रहेछ। यो उमेरमा बिहे गर्दा साथिभाईहरुले जिस्काउने र जिस्कने अलि बढी हुनेरहेछ।पोहोर साल हर्के काकाले ४५ को उमेर बिहे गर्दा हामी साथीहरुले नै हर्के काकालाई ‘वैंस त गईगो लौरो टेक्नेबेलामा आफ्नै जन्त’ भनेर ठट्यौली गरेका थियौं।एक बिसे र दुई बिसे उमेरको बिहेले मलाई र हर्के काकालाई आ-आफ्नै रमाईलोको अनुभव गरायो।मलाई बक्स उपहार आयो । साथीहरुले मेरो ऑखा भासिएको देखे।हर्के काकालाई बक्स दिन कोही आएनन्। न त ऊहाको अनुहारमा ऑखा कसैले भासिएको देख्यो।बरु वहालाई घरजम गरेकोमा बधाई दिएको मैले देखेकोथिएं।बिहेले मधुमास भन्दा पनि ,उमेर र बिहेले मधुमाषलाई परिभाषित गर्दोरहेछ।
भिमेले अर्को योजना को पर्दा खोलिदियो।बेलुका सबै हामी पुराना साथिहरु, सुकन्या ,ललिता र कल्पना सहित म र मेरी,दिपकको घरमा भेला हुने गोप्य योजना रहेछ।म पनि आफ्नै तरिकाले तयार हुने मौका पाएं।भिमे “बिहान उठने बितिकै हिमाल देख्न पाईयोस…….” गुनगुनाउदै गयो।म पनि घरतिर फर्कन थाले।
अब म ललिता,कल्पना र सुकन्यालाई शंका गर्न पुगे।केटीको स्वरमा मलाई विहान कानमा गीत सुनाउने तीनवटी मध्य एक हो। ललिता? ललिसंग त मेरो विराटनगर बस्नथाले देखि खासै भेटघाट थिएन र उ अलि लजालु छे।ललि होईन।म पक्का भए।कल्पना ?हुनसक्छे।तर खेलकुदमा रमाउने कल्पना गीत र संगीतमा उसको चासो मैले कहिले देखिन।कल्पना पनि होईन।म पक्का भए।अब बॉकी रही सुकन्या।समिर दाकी प्यारी बहिनी सुकन्या।कुल घराना की संस्कारी केटी।गीत,संगीत ,नाच र साहित्यमा राम्रो दखल राखेकी छ । सुकन्या र म अरु साथीहरु भन्दा अलि बढी नै मिल्थयौं।ललि र केटाहरु जिस्काउथे पनि हामीलाई तर समिर दाको ईज्जत र डरले कसैले प्रष्ट भन्न सक्दैनथे।मैले पनि सुकन्यालाई थाहै नपाई अलि बढी नै सोचे जस्तो लाग्थ्यो कहिलेकाही।राम्री सुन्दर केटी थिई।स्कुलमा उसलाई प्रेमिका बनाउन चाहनेहरुको जमातै हुन्थ्यो।पछि ११/१२ पढदा त केटाहरुको ग्यांग वार नै हुदोरहेछ सुकन्याको लागि।मलाई सबै सुगन्धाले सुनाउथी।सुगन्धा पनि सुकन्या र म हिडडुल गरेको र अलि बढी मिलेकोमा खुसी हुन्थी।सोच्थे सुगन्धालाई सुकन्या मेरोलागि बनेकी हो की जस्तो लाग्दो हो।सुकन्या पनि म गाऊ आएको थाहा पाउनासाथ घर आईपुग्थी।कति पटक त आमाले सुकन्या लाई बुहारी बनाउन परो भनेर जिस्काईसेको मैले नै सुनेको थिए।सुकन्या मलाई नदेखेको बेला कसैले मेरो नामलिएर जिस्काउदा मख्ख पर्थी तर मलाई देखिभने लजाए जस्तो गर्थी।सुकुला जिउडाल।सलक्क परेका औंला र लामा काला कपालले सुकन्या लाई साचै नै भगवानले फुर्सदमा बनाए झै लाग्थ्यो।ठुला ठुला ऑखा त्यसमा गाजल र नाकमा नथिया लगाएर बाटोमा हिडदा सुकन्यालाई नसुसल्ने केटाहरु नै हुन्थेनन्। किन मैले बिहेको भोलि पल्ट सुकन्याको अलि बढी नै तारिफ गर्या होला।तर उ तारिफ योग्य नै छे। जे जस्तो भए पनि मैले र उसले मन मनै बुझेको एकअर्का प्रतिको प्रेम नै तारिफ योग्य छ। मैले गाऊघर ,समाज र समिर दा को सम्मान मा सुकन्यालाई मन मनै प्रेम गरे । मन मनै गरिरहनेछु। सुकन्याले पनि मेरो बाबा र समाजको सम्मान मा मलाई मनमनै प्रेम गरी ।सायद गरिरहने छे।अब म स्पस्ट भएं।बिहान मेरो कानमा गीत गुनगुनाउने ऑट सुकन्या बाहेक ललि र कल्पनामा छैन।
घर पुगें। घरमा सवैजना मलाई खानाको लागि पर्खिराखिस्या रछ।घरभरी पाहुनाहरु।बिहे र दामपत्य जीवनको बधाई पालैपालो आईरहो।सबै मलाई अनुहारमा हेरेर हॉस्दै गरेको मैले स्पस्ट देखिरहेको थिए।बेहुली पनि सबैको बधाई लिईरहेकी थिईन। तर मलाई भिमेको कुराले घोचिरहेको थियो।के सबैले मलाई भिमेले जस्तै मलिन अनुहार र थकित देखिरहेका छन् त?यदि हो भने के सोचे होलान? बिहेको थकाई वा बिहे रातको शारिरिक अभ्यासको थकाई? कि मागी बिहेमा एकअर्कालाई परिचित गराउदै अनिदो बसाईको थकाई? मैले सबैलाई पढने प्रयास गर्दैथें उर्मिला भाउको बधाईको स्वर सुने।म शसंकित भएं। बिहानको स्वर त भाउजुको जस्तो लाग्यो। अब मेरो शंकामा दुईटी नारी पात्र आए। उर्मिला भाऊजु गाऊमा हुने कुनैपनि पुजा,श्राद्द , बिबाह,ब्रतमन जस्ता कार्यक्रममा सवैभन्दा जॉगर्रुली र फुर्तीली देखिनुहुन्छ।भाऊजुले नजानेको सायद केही छैनहोला।सबैलाई खुशी पार्नसक्ने खुवीकी धनी उर्मिला भाउजु।गाऊका देवरहरुलाई जिस्काउन र माया गर्न पनि सिपालु।बिबाह अघि गीतसंग्रहमा पनि ५ वटा स्वर दिईसक्नु भएकी तर बिबाह पछि घर ब्यबहारले गीत गाउने फुर्सद दीएन भाउजुलाई।
म अब शंकैशंकाको भुमरीमा निस्सासिएको थिएं। सुकन्या र उर्मिला भाउजु कसले मलाई बिहान गीत सुनाएर उठाउने प्रयास गर्योहोला।भाउजु पनि हिजो बुहारी घर भित्र्याउने कार्यक्रम सकेर जानुभए जस्तो लाग्थ्यो।सुकन्या पनि अवेर सम्म बिहे घरमै थिई।कसले गीत गाएर मलाई उठायो भनेर फेरि समिर दाले सोध्नुभयो भने के जवाफ दिने?मेरा अगाडी सुगन्धा,सुकन्या,ललिता,कल्पना,उर्मिला भाऊजु र मेरी आमा शंकाको घेरामा देखें।शकाले मेरो मधुमास र मधुमासको भोलीलाई अनौठो अनुभवमा राखिसकेको थियो। अब मेरा अगाडी दिपकको घरमा हुने साथीभाई मात्रको पार्टीमा उपस्थिती जनाउनु भनेको पहाडलाई मुसाले खोदलेर समथर बनाउनु जस्तो समस्याले गिज्याईरहेको प्रतिबिम्ब उभिएको देखें।
पार्टीमा जाऊं त नयॉ बुहारीलाई पनि रक्सीको पार्टीमा लग्यो भनेर गाऊलेले अर्कै शंका गर्ने डर ।नजाऊ त साथीहरुले अब त केटो बिग्रेछ भन्ने शंका। हुन त सुकन्या लगाएत सबै केटीहरु पनि जादैछन्।पार्टीमा जादाको फाईदा पनि देखिरहेको थिएं।बिहानको गीतको स्वर थाहाहुन्थयो। त्यसमा नि शंका? मेरै प्यारीको स्वर रछ भने बेहुलीलाई साथीहरुले अवाक बनाउनेछन्।अनि सधैंलाई प्यारीले तेरा साथीहरु त यस्ता भनेर बेला बेला घोच्नेछिन्।साथीहरुको बक्स उपाहारको खर्च र बचतको प्रश्न त छदैछ।थाकेर मलिन देखिएको शरिरलाई मधुमासको थकाई भनेर शब्दवाण प्रहारको त प्रतिकार गर्नु नै पर्नेछ।रक्सी पेगसंगै सुकन्या,ललिता र कल्पनाको गतिछाडा जिस्काहटलाई दिपकले त सक्दैन।म के सकुंला।केटाहरुले पुराना कथा र बदमासी ओकली हाल्नेछन्।प्यरीले सुनेर के सोच्ने होलिन?शंकैशंकाको घेराबन्दीमा परेको म पार्टीको भोली पल्ट उर्मिला भाऊजु र समिर दाको स्पष्टिकरणलाई अनुहार रातो बनाउनुको बिकल्प छैन।मेरो मधुमास मात्र शंसकित होकि सबैको यस्तै हो?तर जे भए पनि बेलुकाको पार्टीमा जानै पर्छ।बिहानको स्वर थाहा पाउनै पर्नेछ।
विनय गौतम
टोरोन्टो,क्यानडा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )