कविता : बाध्यता

~मदास~

अरुले खाए लाएको देखी
भित्र असह्य हुनु, हाम्रो बाध्यता
बर्बर कोर्कालीहरुमाझ
प्रतिष्ठित हुन खोज्नु
हाम्रो खाद्यता ।

असल भनाइन खोज्दा खोज्दै
खराब बन्न जानु असाध्यता
शान्तिको नाममा अशान्ति सिर्जनु
हाम्रो आराध्यता (बाध्यता)

अर्काको वेषभूषा धारण गरी
आफूलाई क्रान्तिकारी भनाउनु
हाम्रो उपाध्यता (बाध्यता) ।

देशको वस्तुस्थिति, प्रकृति
र जुन प्रवृत्तिको ख्यालै नगरी
होमिनु र होमिन लगाउनु
हाम्रो सुदक्षता
जड सूत्रवादको आधारमा
संवेदनशीलताको चिरफार गर्नु
हाम्रो मुढात्यता (बाध्यता) ।

सके तर्साऊ र
नसके तर्सिऊको नीति वर्तनु
हाम्रो विचित्रता
यही नै छ गरिखाने र
टिक्न बस्न नसक्ने बीचको
भद्र अभद्रता (बाध्यता) ।

दोहा ः दुई ढुंगाको तरुलमाझ लड्डु लडाउनेहरु बढे
जे गर्दा पनि सुहाउँछ भन्ने नीतिहीनले ध्येय गढे ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.