~जीवन्त रुकु~
मेरो भाग्य लेख्ने बेलामा भावी साह्रै कठोर भैछस्,
पत्थरै पत्थर काँ डा काँ डा मात्र तैले लेखिछस्
वर्ष मा घुम्छन ऋतुहरु अलग अलग सुबाश लिई,
तैले तर मलाई एउतै शिशिर ऋतु मात्र दियिछस्
फुल फूलने बोट हैन काँडे झार मात्र दिई छस्,
पाइला पाइला मा बिझाई रहने बगरको बाटो दिई छस्
मै माथि रीश पोखिछस उग्र रुपले,
सबैलाई मिल्छ छाया मलाई पोल्यो धुपले
उजेलो देख्छु चारै तिर मै माथि अँधेरो
तेरो मैले के बिगारे दियिस धमिलो
(स्रोत : रचनाकारको ब्लगबाट सभार)