~डा. घनश्याम परिश्रमी~
देश दुख्दा लेख्छु गजल
नेता भुक्दा लेख्छु गजल
झुपडीका वेदनामा
मन पुग्दा लेख्छु गजल
पीडा हुन्छ यो माटोको
शान झुक्दा लेख्छु गजल
भ्रष्टाचार मठ–मन्दिर
भित्र लुक्दा लेख्छु गजल
पद–पैसाको पछि लागी
इमान चुक्दा लेख्छु गजल
हिँड्छु प्रगतिको पथमा
गति रुक्दा लेख्छु गजल
जनमत २०६६÷१÷१२
भैरहवा