गीत : शहीद बिष्णुलाल महर्जन

~विजय सुब्बा~Bijay Subba

महल बनायौ जीवन सजायौ मेरो बलिदान टेकेर
कता डो-यायौ हिँड्नेहरूलाई मेरो सपना देखेर

मेरा पनि तिम्रा जस्तै आफ्ना थिए प्यारा-प्यारा
तर देश भनेर जनता मानेर त्यागिदिएँ सारा-सारा

जब फूल राख्यौ मेरो लाशमाथि त्यही काँडा सरी बिझायौ
स्वाभिमानका लोकधुनहरू मात्रै आफ्नो निम्ति बजायौ

जसलाई घात गर्नु अझै छ कोही मेरो सामु नपरून्
यस्तो बनोस् कि हाम्रो यो घर बेइमानहरू अघि नसरून्

जनआन्दोलन भाग २ मा कलंकीमा २०६३ वैशाख ७ गते सुरक्षाकर्मीहरुले अन्धाधुन्ध चलाएको लाठी गर्धनमा लागेर बेहोस भएका विष्णुलाल महर्जनको कति महिनासम्म होसै आएन। आठ सय दिन मोडल अस्पतालमा बसी पछिल्लो समयमा उनी घरैमा उपचार गराइरहेका थिए । गत १४ गते फेरि बेहोस भएपछि उनलाई अस्पताल पुर्‍याइयो र १८ गते साँझ ५ बजे डाक्टरहरुले उनको मृत्यु भएको घोषणा गरे।

(स्रोत : Mysansar)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.