व्यङ्ग्य कथा : मन्त्रीजी-हैजा संवाद

~भरत भूर्तेल~

“यसपालिको हैजा,” स् वास् थ्यमन्त्रीजीले गीत गाउनुभो, “मलाई कतै लैजा ।”

“कता लैजाऊँ हजुर ?” हैजाले सोध्यो, “जाजरकोट जाने ?”

“जाजरकोट,” मन्त्रीजीले भन्नुभो, “त्यहाँ त पुगेर आइहालियो नि !”

“त्यसो भए रुकुम जाने ?” हैजाले बतायो, “रुकुम पनि रमाइलो छ ।”

“रुकुम पनि होइन,” मन्त्रीजीले भन्नुभो, “बेग्लै ठाउँ जान मन छ ।”

“कहाँ लैजाऊँ त ?” हैजाले सोध्यो, “नेपालका जुनसुकै ठाउँ पनि जान सकिन्छ ।”

“नेपाल होइन,” मन्त्रीजीले भन्नुभो, “मलाई विदेश जान मन छ ।”

“विदेश जाने,” हैजाले भन्यो, “भारत जाने हो ?”

“भारत होइन,” मन्त्रीजीले भन्नुभो, “कति गइयो कति !”

“त्यसो भए बंगलादेश जाने ?” हैजाले सोध्यो, “म बेलाबेला त्यहाँ पनि जान्छु ।”

“बंगलादेश पनि नजिकै भयो,” मन्त्रीजीले भन्नुभो, “टाढाको देश जान मन छ ।”

“इथियोपिया जाने हो ?” हैजाले सोध्यो, “रमाइलो छ ।”

“इथियोपिया पनि होइन,” मन्त्रीजीले भन्नुभो, “बेग्लै ठाउँ जान मन छ ।”

“जिम्बावे ?” हैजाले सोध्यो ।

“होइन,” मन्त्रीजीले भन्नुभो ।

“सुडान ?” हैजाले सोध्यो ।

“होइन,” मन्त्रीजीले बताउनुभो ।

“अफगानिस् तान ?” हैजा जिज्ञासु भयो ।

“होइन,” मन्त्रीजीले भन्नुभो ।

“हैटी, बुरुन्डी, चाड, केन्या कहाँ जाने ?” हैजाले सोध्यो, “म जहाँसुकै जान पनि तयार छु, लान पनि तयार छु ।”

“त्यहाँ पनि होइन,” मन्त्रीजीले भन्नुभो, “बेग्लै ठाउँको नाम भन !”

“त्यसो भए कहाँ जाने त ?” हैजा हैरान भयो, “यतिका देश छाडेर कता जाने ?”

“कुनै युरोपेली देशको नाम भन । ” मन्त्रीजीले अनुरोध गर्नुभो, “मलाई युरोपको कुनै देश जाने इच्छा छ ।”

“यो सम्भव छैन ।” हैजा विस् िमत् देखियो, “मलाई त्यता जाने अनुमति छैन ।”

“किन ?” मन्त्रीजीले समेत विस् मयादिबोधक शैलीमा सोध्नुभो, “त्यता जान नमिल्ने कारण के छ !”

“म त्यता प्रतिबन्धित छु,” हैजाले कारण बतायो, “त्यताका देशले भिसा दिँदैनन् ।”

“तिमी कहिल्यै त्यता गएनौ ?” मन्त्रीजीले सोध्नुभो, “सुन्छु, साह्रै राम्रा देश छन् ।”

“मेरा पुर्खाहरू त्यहाँ बस् थे ।” हैजाले भन्यो, “निकै वर्षअघि उनीहरू देशनिकाला गरएि ।”

“तिम्रा पुर्खा कुन युरोपेली देशमा बस् थे ?” मन्त्रीजीले सोध्नुभो, “उनीहरू देशनिकाला हुनुको कारण के थियो ?”

“पूर्वी युरोपेली देशमा मेरा पूर्खा थिए ।” हैजाले भन्यो, “उनीहरूलाई त्यहाँ शासक परविर्तन हुनासाथ देशनिकाला गरयिो ।”

“यो कुन सालको घटना हो ?” मन्त्रीजी हैजाको पुख्र्यौली पीडा सुनेर दुःखी हुनुभो, “मलाई तिम्रो कुराले भावुक बनायो ।”

“सन् ‘९० तिर ।” हैजाले इतिहास सम्भिmयो, “पूर्वी युरोपेली देशबाट पुरानो शासन हटेपछि हाम्रा पुर्खासमेत विस् थापित भए ।”

“किन त्यसो भयो ?” मन्त्रीजीले कारण सोध्नुभयो, “भन्न सक्छौ ?”

“कारण स् पष्ट छ,” हैजाले भन्यो, “त्यहाँका शासकका कारणले ।”

“शासकका कारणले ?” मन्त्रीजीले सोध्नुभो, “कसरी ?”

“शासकहरू दुईथरीका हुन्छन्,” हैजाले आफ्नो अनुभव बतायो, “एकथरी जनताप्रति उत्तरदायी अर्काथरी हैजाप्रति उत्तरदायी ।”

“भन्दै जाऊ,” मन्त्रीजीले भन्नुभो, “तिम्रो कुरो चाखलाग्दो छ ।”

“पूर्वी युरोपमा पहिले हामीप्रति उत्तरदायी शासक थिए,” हैजाले भन्यो, “त्यसपछिका शासक जनताप्रति उत्तरदायी भइदिए ।”

“अनि के भयो ?” मन्त्रीजीले सोध्नुभो, “तत्पश्चात् तिमीले के गर्‍यौ ?”

“हामीप्रति शासकहरूले अत्याचार सुरु गरे,” हैजाले भावुक भएर भन्यो, “हामी निर्वासित भयौँ, विस् थापित भयौँ ।”

“ओहो,” मन्त्रीजी दुःखी देखिनुभो, “कुनै दिन हामी पनि निर्वासित थियौँ ।”

“एउटा निर्वासितले अर्को निर्वासितको पीडा बुझ्छ,” हैजाले करुणा प्रकट गर्‍यो, “होइन त ?”

“निश्चित रूपले,” मन्त्रीजीले भन्नुभो, “त्यसपछिका घटना भन । “

“त्यसपछि हामी भौँतारइिरह्याँै,” हैजाले भन्यो, “आफन्त खोज्दै एसिया र अपि|mकातिर घुमिबस् यौँ ।”

“त्यही क्रममा तिमी नेपाल आयौँ,” मन्त्रीजीले सोध्नुभो, “तिमीलाई नेपाल कस् तो लाग्यो ?”

“अति सुन्दर,” हैजाले प्रसन्नता प्रकट गर्‍यो, “यहाँको वातावरण हामीलाई औधी मन पर्छ ।”

“धन्यवाद,” मन्त्रीजीले भन्नुभो, “हाम्राे देश यस् तै छ ।”

“मन्त्रीजी एउटा कुरा सोधौँ ?” हैजाले प्रश्न गर्‍यो, “हामीप्रति तपाईंको दृष्टिकोण के छ ?”

“स् पष्ट छ,” मन्त्रीजीले भन्नुभो, “म एक लोकतन्त्रवादी हुँ ।”

“त्यो मलाई थाहा छ,” हैजाले भन्यो, “त्यही भएर सोधेको ।”

“हरेक लोकतन्त्रवादी समावेशी हुन्छ ।” मन्त्रीजीले भन्नुभो, “समावेशीले कसैलाई भेदभाव गर्दैन ।”

“अर्थात्,” हैजाले थप जिज्ञासा राख्यो, “म अझै स् पष्ट हुन सकिनँ ।”

“हामी दुवैप्रति उत्तरदायी छौँ,” मन्त्रीजीले भन्नुभो, “जनताप्रति पनि हैजाप्रति पनि ।”

“धन्यवाद मन्त्रीजी,” हैजा खुसी भयो, “म ढुक्क भएँ ।”

“त्यो त हुनैपर्‍यो,” मन्त्रीजीले भन्नुभो, “हामी कसैलाई निषेध गर्दैनौँ ।”

हैजा केही बोलेन ।

“जनताका लागि हैजाको निषेध गरेर, कसरी समावेशी समाज निर्माण हुनसक्छ ?” मन्त्रीजीले प्रश्न गर्नुभो ।

“सक्तैन,” हैजाले भन्यो, “यो सम्भव छैन ।”

“हामी कसैलाई निषेध गर्नै सक्तैनौँ ।” मन्त्रीजीले भन्नुभो, “यसो गर्‍यो भने गणतन्त्र कसरी संस् थागत हुन्छ !”

“अर्थात्, हामी ढुक्क भए हुन्छ ?” हैजा बोल्यो, “म डराइरहेको थिएँ ।”

“हामी हरेक वस् तुको संरक्ष्ाण गर्छौं,” मन्त्रीजीले भन्नुभो, “तब बन्छ समावेशी समाज ।”

“प्रसंग बदलाँै,” हैजाले भन्यो, “अब बिदा हुने बेला पनि भयो ।”

“मलाई विदेश जान मन छ,” मन्त्रीजीले सोध्नुभो, “तिमी कता जान्छौ ?”

“मचाहिँ जाजरकोटतिर फर्कौं होला,” हैजाले भन्यो, “त्यता निकै काम छ ।”

“ठीक छ, तिमी जाजरकोट जाऊ ।” मन्त्रीजीले भन्नुभो, “म जर्मनी जान्छु ।”

वार्तालाप सकियो ।

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.